दाङमा प्रतिबन्धित औषधी बेचेको आरोपमा गुल्मीका गौतम पक्राउ

  •  
  •  
  •  
  •  
  •  

दाङ, कार्तिक ९ । दुव्र्यसनीलाई औषधि बिक्री बेचेको आरोपमा प्रहरीले तुलसीपुरबाट गुल्मीका अर्जुन प्रसाद गौतमा सहित दुई मेडिकल सञ्चालकलाई पक्राउ गरेको छ । तुलसीपुर ५ प्रगति टोलस्थित प्रकृति आयुर्वेदिक मेडिकल हलका सञ्चालक बेलटक्सा ३ गुल्मी घर भई हाल तुल्सीपुर ५ बस्ने अर्जुनप्रसाद गौतम र तुलसीपुर ५ नयाँ बसपार्कस्थित प्रतीक्षा मेडिकल हलका सञ्चालक भलचौर ३ सल्यानकी गीता चन्दलाई पक्राउ गरी औषधि व्यवस्था विभाग क्षेत्रीय कार्यालय नेपालगन्ज पठाइएको जिल्ला प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले बताए ।

Comments

comments

Comments are closed.