दलहरू घरदैलो अभियानमा : सदरमुकाम सुनसान, गाउँमा चहलपहल

  •  
  •  
  •  
  •  
  •  

टोपलाल अर्याल
गुल्मी | स्थानीय निर्वाचन नजिकिँदै जाँदा जिल्ला सदरमुकाम तम्घास सुनसान भएको छ । दलहरू गाउँगाउँमा केन्द्रित हुँदा सदरमुकाम सुनसान भएका हुन् । पहिले सबै हिसाबले सदरमुकामको रौनक बेग्लै थियो ।

फोटो : टोपलाल अर्याल/नया पत्रिका

सरकारी कामकाज तथा अन्य धेरै कामले गाउँगाउँका मानिस सदरमुकाम उपस्थित हुन्थे । तर, अहिले स्थानीय तहको कार्यान्वयन र चुनावी रौनकले गाउँलाई मजासँग छोएको छ । ‘अहिले सबैलाई आफ्नै नगर र गाउ“पालिकाकै चिन्ता छ,’ वाग्लाका युवा योगेश घिमिरेले भने, ‘पहिले गाउँ सुनसान थिए, अहिले सदरमुकाम ।’ स्थानीय तह कार्यान्वयनसहित सुरु भएको चुनावी माहोलले जिल्लाका राजनीतिक दलका नेता पनि गाउ“मै केन्द्रित भएका छन् । त्यसैले पनि गाउ“मा अझै धेरै चहलपहल बढेको हो । पहिलेपहिले सदरमुकाममा मात्र केन्द्रित रहने नेताहरू गाउँमा आएको देख्दा गाउँलेहरू दंग देखिन्छन् ।

तह कार्यान्वयनले प्रेस र फ्लेक्स आर्ट मौलाउँदै

स्थानीय तह कार्यान्वयन भएसँगै सदरमुकामका फ्लेक्स आर्ट र प्रिन्टिङ प्रेसहरूले निकै काम पाएका छन् । तह कार्यालय भएपछि सबैभन्दा पहिले गाविस कार्यालय लेखिएका बोर्ड हटे र वडा कार्यालयका बोर्ड टाँगिए । गाउँ तथा नगरपालिकामा पनि नयाँ बोर्ड राखियो । जिल्ला विकास समिति पनि समन्वय समिति बन्यो । तम्घासमा स्वर्गद्वारी फ्लेक्स आर्ट सञ्चालन गरेका माधव भुसालले तह कार्यान्वयनले आफूहरूको व्यवसायमा समेत फाइदा पुगेको बताए । वडा तथा गाउँ र नगरपालिकाका अरू धेरै काम बा“की भए पनि अहिलेलाई धेरैले बोर्ड मात्रै बनाएको उनले बताए । त्यसले गर्दा यो अवधिमा करिब ४५–५० हजारको कारोबार भएको उनले बताए । त्यस्तै गाविसका लेटर प्याड, छाप, रजिस्टर तथा अन्य सिफारिस र प्रमाण पत्र पनि परिवर्तन भएका छन् । सुशीला प्रिन्टर्सका सञ्चालक कृष्णप्रसाद पाण्डेयका अनुसार पछिल्लो समय मात्रै एक–डेढ लाखको कारोबार भएको छ । तत्कालका लागि वडा कार्यालयले लेटर प्याड र छाप मात्र बनाएको पाण्डेयले बताए । धेरै फरम्याट आउन बा“की रहेकाले पनि काम अभैm बाँकी रहेको उनले बताए । यो वेला जिल्लाका फ्लेक्स आर्ट र प्रिन्टिङ प्रेसले करिब पा“च लाखबराबरको कारोबार गरेको विराट अपसेट प्रेसका कृष्ण भण्डारीले बताए ।

सदरमुकाममा नेता भेट्नै मुस्किल

३१ वैशाखका लागि तोकिएको स्थानीय तहको निर्वाचनमा आआफ्ना पार्टीका उम्मेदवारलाई जिताउन केन्द्रीय नेता गाउँगाउँमा खटिएका छन् । जिल्लामा क्रियाशील ठूला दलका केन्द्रीय नेता चुनावी अभियानमा खटिएपछि गाउँगाउँमा विभिन्न पार्टीको सभा र सम्मेलन हुन थालेका छन् । भर्खरै एमाले सचिव गोकर्ण विष्ट १० दिने चुनावी अभियान सकेर केन्द्रमा फर्किए । कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारी भर्खर गाउँ पसेका छन् भने जिल्लाका स्थानीय नेताहरू पनि गाउँ–नगर तथा टोलमा पुगेपछि अहिले जिल्ला सदरमुकाममा नेता भेटिन्नन् । धेरै नेतालाई विभिन्न जिम्मेवारी दिएर गाउँ पठाएका कारण उनीहरूलाई भेट्न नसकिएको एमाले जिल्ला कमिटीका कार्यावाहक अध्यक्ष मधुकृष्ण पन्तले बताए । माओवादी केन्द्रका जिल्ला संयोजक वीरबहादुर कार्कीले गाउ“–नगर र वडाहरूमा उम्मेदवार छनोट गर्ने काम भइरहेकाले धेरै नेता गाउँमै भएको बताए ।

चुनावी चहलपहलले व्यवसाय फस्टाउँदै

फोटो : टोपलाल अर्याल/नया पत्रिका

स्थानीय तहको निर्वाचन मिति नजिकिँदै छ । गाउ“गाउ“मा दलका बैठक, सभा र छलफल जारी छन् । वडादेखि नगर र गाउ“पालिकामा उम्मेदवार छनोटको रस्साकस्सी चलिरहेको छ । चुनावी रौनकले सबैलाई छोएको छ भने यो चहलपहलले व्यवसायीको कारोबारमा समेत वृद्धि भएको छ । विभिन्न दलको चुनावी अभियानले ग्रामीण क्षेत्रका सामान्य किराना व्यवसायी, होटल, यातायात व्यवसायी, बैंक तथा वित्तीय संस्थाहरूको व्यापार फस्टाएको छ । ठूला तीन दलका अगुवा कार्यकर्ता दैनिक सवारी साधन रिजर्भ गरी प्रत्येक गाउँ टोलसम्म पुगिरहेका छन् । जसले यातयात व्यवसायीको व्यवसाय वृद्धि भएको जिपधनी मानबहादुर बस्नेतले बताए । त्यस्तै सबै राजनीतिक दलबीच कार्यकर्ता प्रवेश गराउने लहर चलेको छ । त्यसले पनि व्यापरीका खादा बिक्री भइरहेका छन् । ‘खादाको काम अरू वेला खासै हुने थिएन, अहिले झन्डै एक हजारको बिक्री भयो, ‘मालिका गाउँपालिका अर्खाबाङका व्यवसायी हिरामणि अर्यालले भने, ‘चुनाव भए पनि नभए पनि गाउ“मा व्यापार भने निकै बढेको छ ।’जिल्लास्तरका नेता–कार्यकर्ता भेटघाटका लागि गाउँगाउँसम्म पुगेका छन् । ‘कैले कुन पार्टी कहिले कुन पार्टीका मान्छे होटलमा आउँदा पनि चुनाव आएझैँ लाग्छ,’ मदाने गाउ“पालिका पुर्कोटदहका होटेल व्यवसायी धनबहादुर थापाले भने, ‘अहिले एक दिन पनि होटेल खाली छैन ।’ – नयाँ पत्रीका

Comments

comments

Comments are closed.