दर्लिङ्ग र अग्लुङ्गमा दर्जनौ घर जोखिममा

  •  
  •  
  •  
  •  
  •  

पे्रम सुनार

गुल्मी , साउन –१३ । गत केहि दिन देखिको अविरल वर्षका कारण गुल्मीको अग्लुङ्ग र दर्लिङ्ग गाविसका दर्जनौं घरहरु पहिरोले उच्च जोखिममा पारेको छ भने कैयौं परिवारहरु विस्थापित भएका छन् ।

दर्लिङ्गबाट खिमलाल अर्यालले दिएको जानकारी अनुसार दर्लिङ्ग वडा नम्वर ९ अड्डाँडाका जिवलाल घर्ति, एमबहादुर घर्ति, प्रेमबहादुर घर्ति, भुमिश्वर घर्ति, दुजमान घर्तिको घर पहिरोले उच्च जोखिममा पारेको छ ।

त्यस्तै सोही वडाको ढुकुरखोला निवासी डोरबहादुर बिक, चन्द्रबहादुर बिक, डोरबहादुर पाण्डेको घर पनि उच्च जोखिममा परेर ति परिवार छिमेकीको शरणमा वस्न बाध्य भएका छन् ।

उता अग्लुङ्ग गाविस वडा नम्वर–४ का राजु परियार , विष्णु परियार , बलबहादुर परियार , जुठे परियार, घनश्याम परियार , वोमबहादु बिक र रेशमबहादुर बिकको घर पनि पहिरोले उच्च जोखिममा पारेको छ ।

अग्लुङ्ग–९ का ओमप्रकास सुनार , चेतनारायण पुरीको घर पहिरोले बगाउँदा ति परिवारहरु विस्थापित भएर छिमेकीको शरणमा बस्न बाध्य भएका छन् । मलेशियामा कार्यरत अग्लुङ्ग –४ का राजु परियारले आफु टाढा भएको र परिवारजन पहिरोले घर बगाउँदा विचल्लीमा परेको भन्दै सवै संग सहयोगको अपिल गरेका छन् । अर्खवाङ्गमा पनि ठाउँ ठाउँमा पहिरोले जमिन भास्सीएर केहि वस्तीहरु जोखिममा परेको त्यहाँबाट कपिल रेग्मीले जानकारी दिए ।

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *