दर्लिङ्गमा भोली देखि एकादशी मेला सुरु

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
कार्तिक–२१ । गुल्मीको दर्लिङ्गमा भोलि देखि कार्तिक २६ गते सम्म ऐतिहाँसिक एकादशी मेला लाग्ने भएको छ । तुल्सी स्मृति युवा क्लव दर्लिङ्गले अयोजना गरेको ५ दिने एकादशी मेलाका अवसरमा खुल्ला पुरुष र महिला भलिवल खेल , रस्साकस्सी , भेलो नाच प्रतियोगिता भेली देखि सुरु हुँदै छ ।
अन्तिम दिन कार्तिक् २६ गते भव्य सांस्कृतिक कार्यक्रम नेटा दर्लिङ्ग उच्च माध्यामिक विद्यालयको प्रगाणमा हुने र त्यहाँ हजारौं जना मेला भर्न आउने क्लका अध्यक्ष दिपन्द्र घर्तिले बताए । हरेक वर्ष लाग्ने दर्लिङ्गको एकादशी मेलामा अर्खवाङ्ग, ह्वाङ्गदी , नेटा , पौदीअमराई , छापाहिले र छिमेकी जिल्ला वाग्लुङ्ग सम्मका मानिसहरु मेला भर्न आउने गर्दछन् ।
मेलामा स्थानिय परिकार, विभिन्न जातजातीका भेषभुषा प्रर्दशन र विशेष गरी स्थानीय लोकभाका र सोरेठीलेको रमझमलाई विशेष महिमाका साथ लिने गरिन्छ ।

Comments

comments

Comments are closed.