तिहारमा मादलको माग बढ्यो, गुल्मीका नेपालीलाई मादल बनाउन भ्याइनभ्याई

  •  
  •  
  •  
  •  
  •  

केदार शर्मा
गुल्मी, कार्तिक १४ । तिहार लागे सँगै गुल्मि अर्बेनी २ भएकोटका मादल व्यवसायी जक बहादुर नेपालीलार्ई यति बेला मादल बनाउन र मादल मर्मत गर्न भ्याइनभ्याई भएको छ । तिहारमा देउसी–भैलोसहित नाच्न गाउन प्रयोग हुने मादलको माग बढेसँगै व्यवसायी यति बेला मादल बनाउन र मर्मत गर्न व्यस्त छन् ।
१० वर्षदेखि मादल व्यवसायीमा लागेका उनी यस पेसाबाट भने सन्तुष्ट छैनन् । “हाम्रो पेसा संकटमा पर्दैछ, खै कसले यसको बारेमा सोचेको छ,” उनले भने, “सरकारले कर मात्र उठाउन जानेको छ, नेपाली संस्कृतिको पहिचान मादलको दिगो संरक्षणका लागि पहल आवश्यक छ ।” तिहार पर्वको अवसरदेखि हिउँदको करिब ३ महिनामात्र मादलको सिजन भएकाले यस सिजनमा भएको कारोबारले वर्ष दिनलाई धान्न आफूहरूलाई निकै कठिन हुने गरेको उनले गुनासो गरे । madal-maker
जिल्लाको अर्बेानीमा नेपालीका जिजुबाजको पाला देखिनै सञ्चालन हुदै आएको यस पेसालाई कच्चा पदार्थ अभावका कारण आँफनो पेसा संकटमा पर्न थालेको नेपालीले बताए । एक वर्षमा मुस्किलले एक सयवटा मादल बनाउने गरेको उनले मादलमा प्रयोग हुने गोरु–गाईको छाला आफूहरूले सहज ढंगले पाउन नसकेको बताए । नेपालीले मादलसहित डम्मरु, खैजरीलगायतका परम्परागत बाजा पनि बनाउँदै आएका छन् । तिहार पर्वलाई लक्षित गरी मादल किन्न भनी गुल्मिका बिभिन्न गाउँसहित छिमेकी जिल्ला पर्वत, स्याङजा, बागलुङ, पाल्पा लगायतका स्थानबाट माग हुदै आएकोे नेपालीले बताए ।
पश्चिमी संस्कृतिले गर्दा नेपाली बाजागाजाको संस्कृति लोप हुँदै गएको उनले चिन्क्ता व्यक्त गरे । स्थानीय शिक्षक किसान थापाका अनुसार परम्परागत रूपमा देउसी–भैलो कार्यक्रमका लागि भनेर प्रायः न्यून संख्यामा मात्र मादल प्रयोग हुने गरेको उनले बताए । थापालेभने, “मादलको धुनमा गीत गाउँदा र बजायर नाच्दाको मज्जा छुट्टै हुन्छ, त्यही भयर हामीले त तिहारमा मादल मात्र होइन, मुरली, बाँसुरी, मुजुरालगायतका बाजागाजा प्रयोग गर्ने गरेका छौं ।” मादलको मूल्य एक हजार ५ सयदेखि पाँच हजारसम्म पर्छ । मर्मत गर्दा खरी हालेको ६ सयदेखि अन्य मर्मत गरेको एक हजारसम्म लिन गरेको नेपालीले बताए ।

Comments

comments

Comments are closed.