तिजको बेला “झिल्के नाचको” चर्चा

  •  
  •  
  •  
  •  
  •  

अनिल खत्री
गुल्मी, भदौ १३ । महिलाहरुको महान पर्व हरितालिका तिज पर्वलाई मध्यनजर राखेर यति बजारमा बिभिन्न तिजका गितहरु सार्वजनिक भएका छन् । सँस्कृतिको संरक्षण र जिवन्त राख्न चार्ड पर्वमा बजारमा आउने गितहरु पनि निकै महत्व राख्ने गर्दछ ।
तिज पर्वमा पनि धेरै गितहरु बजारमा आएका छन् ।
यस पर्वको तिज पर्वमा गुल्मेली उदयमान नव प्रतिभा गायक गणेश अधिकारी र प्रेमकला कुवँर बस्नेतको तिज गित “झिल्के नाचको” सर्वत्र चर्चामा रहेको छ । बजार धेरै गितहरु आएपनि कतिपय तिजपर्वलाई सुहाउँदा नआउदा पनि तिनीहरुको खासै चर्चा नभएपनि गायक अधिकारीको भने वास्ताबिक गितको चर्चा भएको छ । बिभिन्न सञ्चार माध्यमहरु सगै गाउटोलमा उनको गित सबैको ओठमा गुन्जीन सफल भएको हो । तिज पर्वमा महिला दिदि बहिनीहरुले आफ्ना बेदान सहितका कथा बस्तुमा गित तयार हुनुले पनि सर्वत्रचर्चामा रहेको छ ।
तिजको बेला आफनो मन मिल्ने साथीले आफनो नाच हेर्न बोलाएको प्रति गित तयार भएको गायक गणेश अधिकारीले बताए । तिजको बेला बिभिन्न ठाउँमा हुने नाचमा आफनो मन मिल्ने साथीको नाच हेर्न आएको कथा गितमा रहेको अधिकारीको भनाई छ । गित गाएको सुन्न बोलाएको र त्यहि गितमा नाचेको हेर्न बोलाएको कथा बस्तु गितमा रहेको छ । पछिल्लो समय यता बजारमा तिज गित हुन या अरु के हुन भन्ने छुट्याउन गाहे भइरहेको बेला अधिकारीको गितले भने तिज गितको सन्देस बोकेको छ । चाडपर्व सगै बजारमा आउने गितले हाम्रा कला सँस्कृतिलाई पनि बचाउन महत्व राख्ने हुदा पर्व सुहाउदा गितहरु बजारमा ल्याउनु पर्नेमा अधिकारीको जोड रहेको छ । गितमा गुल्मीका केहि ठाउ बिशेषको नामलाई पनि जोडेर तयार गरिएको छ ।
“झिल्के नाच” तिज गितमा गायक गणेश अधिकारीको स्वर रहेको छ भने गायिका तर्फ कोपिला छिनालको रहेको छ । गायक अधिकारीको लय र अधिकारी र प्रेमकला कुवँर बस्नेतको शब्द रहेको छ । शिबदर्सन डिजिटल प्रालिले बजारमा ल्याएको उक्त गित गुल्मीको सदरमुकाम तम्घासमा छायाँकङन गरिएको थियो । गुल्मी जिल्लाका महिला दिदि बहिनीहरु सगै सुन्दर दृश्य सहितगितको भिडियो तयार गरिएको छ । गितमा शंकर बिसीको निर्देशन र मोडल बिजय थापा, रस्मी तामाङ्गको अभिनय रहेको छ ।
गितको पुरा भिडियो हेर्नुहोस ।

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *