तिजका गितमा समाज परिर्वतनका कुरा गर्दै गायक शर्मा

  •  
  •  
  •  
  •  
  •  

अनिल खत्री
गुल्मी साउन २ । लोक दोहोरी क्षेत्रमा निकै चर्चाको शिखरमा रहेका लोक तथा दोहोरी गायक तथा गितकार पशुपति शर्माले यस वर्षको तिजमा एक दर्जन भन्दा वढी तिज गित सृजना भएको बताएका छन् । महिलाहरुको महान पर्व करितालिका तिज पर्वलाई मध्यनजर राखेर एक दर्जन तिजका गितहरु बजारमा आउँने बताएका छन् । बिभिन्न गायिकाहरु संगको सहकार्यमा आफ्नै लय शब्दमा उक्त गितहरु बजारमा आउँने शर्माले बताए । pasupati
महिलाहरुको महान पर्व तिजलाई मध्यनजर राखेर बजारमा आउँने गितहरुमा कतिपय समाजमा सन्देस दिने खालका, कतिपय समाजमा व्यग्यात्मक तरिकाबाट सन्देस दिनेखालका र केहि मनोरजनात्मक तिजका गितहरु बजारमा आउने शर्माले बताए । यो वर्ष बजारमा आउने तिजका गितहरुमा कोमल वली देखी नयाँ गायीका हरु संग समेत उनका गीत हरु सुन्न सकीनेछ । यो वर्ष आफनै लय शब्द सुजनामा १३ वटा तिज गित बजारमा आउने उनले बताए । शर्माका अनुसार केहि गितहरु आइसकेको र के आउने तयारीमा रहेको बताए । कोमल वली, पार्वती जिसी, जानकी तारमी मगर, शान्ति श्री परियार, सम्झना भण्डारी, अमृता लुंगेली मगर, शिलु भट्टराई, बेलीमाया गोर्खाली, अनीता चलाउने, कल्पना श्रीपाल, जमुना सनम, गीता भट्टराई, चोलेन्द्र पौडेल र तुलसी जीसी लगायत कलाकार हरुले पशुपती शर्मा संग सहकार्य रहेको बताए ।
स्वास्थ्यका कारण डक्टरहरुको सल्लाह अनुसार केहि समय गित नगाउन सल्लाह आएपनि उनले तिज पर्वमा राम्रा र थोरै गितहरु मात्र सृजना गरेर गाएको बताए । दर्सक श्रोताको अपार मायाँले गर्दा स्वास्थ्यमा समस्या आउँदा पनि यत्तिकै बस्न नसकेको गायक शर्माले बताए । शर्माका अनुसार आफुले सामाजिक यथार्थता, समस्या र समाधान सहितका गित बनाएको बताए । हाल आएर तिजको गितमा मौलिकता हराएको पप र रक जस्तै तिज गित बनाउन खोजेको भन्दै दुखिद भएको बताए । बावु आमा छोरा छोरी सगै बसेर तिज गित हेर्न नसक्ने बनाएको भन्दै केहि कलाकारको कारण संगित क्षेत्र बदनियत भएको शर्माले बताए । उनले देसमा एक वर्ष सम्म घटेका केहि महत्व पूर्ण घटनाहरुलाई पनि आफना गितमा समाबेश गरेको बताए । तिज गित मार्फत समाजमा सन्देस र केहि फरक पन दिलाउने आफनो प्रयास रहेको बताए ।

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *