तालमेलप्रति उम्मेदवारकै असहमती

  •  
  •  
  •  
  •  
  •  

शिवलाल सुवेदी
गुल्मी २८ जेठ, नेपाली काग्रेस र माओवादी केन्द्रबिच भएको तालमेलप्रति उम्मेदवारकै असहमती देखिएको छ । धुर्कोट गाउँपालिकामा स्थानीय तह निर्वाचनका लागि २ पाटीविच भएको चुनावी तालमेलप्रति नेपाली काग्रेसवाट प्रमुख पदका उम्मेदवारले असहमती जनाएका हुन ।

नेपाली काग्रेस केन्द्रिय समितीले महाधिबेशन प्रतिनिधी महेन्द्र भण्डारीलाई प्रमुखको उम्मेदवारको रुपमा सिफारिस गरेको थियो । केन्द्रिय समितीको सिफारिस बिरुद्ध केही ब्यक्तिहरुले आफ्नो प्रमुख पद माअ‍ोवादी केन्द्रलाई दिने र काग्रेसलाई उपप्रमुख राख्ने सहमतीप्रति महेन्द्र भण्डारीले आपत्ती जनाएका हुन । मलाई केन्द्रले धुर्कोट गाउँपालिकामा प्रमुख पदको उम्मेदवारमा सिफारिस गरेर पठाएको हो महेन्द्र भण्डारीले भने “ कोही ब्यक्तिहरुले के गरे मलाई थाहा छैन, अहिले पनि म प्रमुख पदको उम्मेदवार हुँ ।”

आफु गाउँ मै जनताको घर दैलोमा भोट माग्दै हिडिरहेको भन्दै जिल्ला पाटी सभापतिलाई भेटेर अन्य बताउने उनको भनाई रहेको छ । धुर्कोट गाउँपालिमा नेपाली काग्रेस र माअ‍ोवादी केन्द्रबिच तालमेल भएको भन्ने हल्ला आएपछि महेन्द्र भण्डारीले सामाजिक सञ्जालमा अनुरोध गदै आफ्नो उम्मेदवार फिर्ता नभएको र रुख चुनाव चिन्ह लिएर जनताको घर दैलोमा आउने बताएका छन । लभधक र काग्रेस र माओवादी केन्द्रबिच चुनावी तालमेल गरेर प्रमुखमा माओवादी उपप्रमुखमा काग्रेस र ७ वढा मध्ये २ वडा माओवादी केन्द्रलाई दिने र अन्य ५ वडा काग्रेसलाई दिने भन्ने सहमती भएको थियो ।

Comments

comments

Comments are closed.