तलको पानी माथी उक्लीएपछि…

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी , कार्तिक–५ । तल्लो गराको पानी माथील्लो गरामा आउँदैन भन्ने बुढा पाकाहरुको भनाई अहिलेको विज्ञानको युगले गलत सावित गरी दिएको छ । विद्युतीय माध्यमद्धारा लिफ्टीङ्ग सिष्टम खाने पानी योजनाले डेढ घण्टा तल खोलाको पानी माथी टापुमा खसाली दिए पछि गुल्मीको हस्तीचौर गाविस पालुखा गाउँका वुढा पाकाहरुलाई चकित पारी दिएको छ । pani-3
हस्तीचौर गाविस वडा नम्वर ८ र ९ को पालुखा गाउँ सदियौं देखि खानेपानीको समस्यामा पिल्सीदै आएका थिए । ‘एक देखि डेढ घण्टा सम्मको उकालो ओरालो गरेर ल्याएको एक गाग्रो पानी पनि हिलाम्मे भएका कारण कपडामा तारेर पिउँनु पर्ने अवस्था थियो, –‘ पालुका लिफ्टीङ्ग खानेपानी योजनाका अध्यक्ष दलबहादुर बिश्वकर्माले भने –‘सुरुमा हामीले तल खोलाको पानी माथी ल्याउँछौ भन्दा यहाँका बुढापाकाहरुले उल्लु कुरा ग¥यो भनेर गिल्लाउने गर्दथे तर आज तलको पानी माथी ल्याएरै छाडिएकोमा हर्षविभोर भएका छौं । ’
विहिवार नेकपा एमालेका केन्द्रिय सचिव तथा गुल्मी क्षेत्र नम्वर ३ का सांसद गोकर्णराज विष्टले pani-2उद्घाटनका क्रममा धारा खोलेर गाग्रीमा पानी भरी दिन साथ नौमाति बाजामा त्यहाँका दिदी वहिनी, दाजु भाईहरु नाचगान र हुटिङ्ग गरेर उत्सव नै मनाए ।
आफुहरु संगै नेता विष्टलाई पनि उनिहरुले नचाए । आर्थिक वर्ष २०६९÷०७० देखि सुरु भएको पालुखा जुकुन्या खानेपानी योजना ४ वर्ष पछि हालै सम्पन्न भए पछि त्यहाँका ८८ घरधुरीका ५ सय २८ जना नागरिकहरु लाभान्वित हुने भएका छन् । नेपाल सरकारको ७५ लाख ८७ हजार ७ सय १३ रुपैयाँ र जनश्रमदान १६ लाख ९४ हजार ४ सय ८३ सहित कुल ९२ लाख ८१ हजार ८ सय ९७ रुपैयाँमा सम्पन्न योजनाले सदियौं देखि पालुखा गाउँका जनताको आफ्नै टोलमा शुद्ध खानेपानी पिउन पाउने सपना पुरा गराई दिएको छ ।
‘मध्ये रातमा राँको वालेर कुर्लदै र गीत गाँउँदै कोही तल जुकेपानी त कोही ठुलापखेरा खोलामा पानी लिन जान्थ्यौं, किराले खान्छ कि भन्ने डर लाग्थ्यो ,–पालुखका गाउँका बृद्ध झविन्द्र बहादुर परियार र धनिश्वर परियारले भने –‘अहिले माथी टापुमै तल खोलाका पानी आउँदा सपना जस्तै लागेको छ । ’
स्थानिय समाज सेवी विनबहादुर गौतमले ईस्मातिर केटी माग्न जाँदा यस गाउँमा पानी छैन छोरीले दुख पाउँछे दिन्नौ भनेर निरास भई फर्किनु परेको स्मरण गर्दै अव त यस गाउँका केटाहरुले केटी पाउने कुरामा ढुक्क भएको बताए । वाग्ला माईती घर भएकी सिता खनालले त्यति वेला यहाँबाट आफुलाई माग्न जाँदा माईतीजनले त्यहाँ पानी छैन् छोरीले दुख पाउँछे भन्न्दै दिन नमानेको र पछि हार्नै नसकेर विवाह गराई दिएको बताईन् ।
उमेरले ६५ नाघेकी यमकली पन्थीले आफुलाई माथी पानी आयो भन्ने कुरा अझै विश्वासमा पर्न नसकेको बताईन् । उनले भनिन््–‘ धारा र ट्याङकी बनेका छन् तर तलको मानी यहाँ माथी आउला भन्ने कुरामा मलाई अझै पुरा विश्वास त छैन् तर अलिकती आशा चाँही छ । ’ त्यसको केहि वेर पछि सांसद विष्टले धारा खोलेर पानी गाग्रोमा खसाली दिदा बुढीमान्छे पन्थी गालामा हात लगाएर आश्चर्यको मुद्रामा टोलाई रहेकी थिईन् ।
धाामा पानी खस्न साथ भर्खरका महिला र पुरुष दर्शनीहरुलाई बजा वजाउन लगाएर कुर्लिदै एकै साथ झुम्न थाले । धेरैबेर सम्म त्यस पालुखा गाउँ नाच गीतको रौनकले महोत्सवमय बन्न पुग्यो । ८८ घरधुरीलाई बढिमा १० मिनेट पर्ने गरी १३ वटा धारा जडान गरिएको छ ।
पालुखा टापुमा २० हजार लिटर पानी अट्ने क्षमताका दुई वटा ट्याङकी निर्माण गरिएको, ट्रान्सफर्मर क्षमता ५० के.भि. ए. रहेको , २५ हर्ष पावर क्षमता भएको , तलबाट प्रति सेकेण्ड ३ लिटर पानी माथी ट्याङकीमा संकलन हुने र ट्रान्समिटरको लम्वाई ७५ किलो मिटर रहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्रमुख , ईन्जिनियर कल्याणकुमार श्रेष्ठले जानकारी दिए ।
उनले योजना पुरा भएर मात्र हुन्न त्यसको संरक्षणका लागि मर्मत सम्भारमा ध्यान दिन सुझाव दिदै उनले पालुखा खानेपानी तथा सरसफाई समितिको अध्यक्ष दलबहादुर बिकलाई उक्त योजनाको स्वामित्व पत्र हस्तान्तरण गरे । हस्तान्तर कार्यक्रमका प्रमुख अतिथी सांसद गोकर्णराज विष्टले पालुखावासीलाई बधाई दिर्दै दिर्घकालिन उपभोगका लागि शुभकामना र आफुले सहयोग गर्ने आश्वासन समेत दिए ।
प्रति महिना प्रति घरधुरी २० रुपैयाँ महशुल लाग्ने पानी गरिवहरुका लागि केहि महँगो पनी हुने भएकाले कमभार पार्न आफुले प्रयत्न गर्ने उनको भनाई थियो । पालुखाको खानेपानी समस्या त समधान भयो तर छिमेकी जैसीथोकको गोपेगाउँको खानेपानी समस्या ज्युँकात्युँ छ , त्यहाँ र पालुखा देखि वस्तु हुँदै वाग्ला जोड्ने मोटर बाटाको हविगत समधान गरी दिन सांसद विष्ट संग त्यस गाउँका अगुवा समाज सेवी समेत रहेका दलबहादुर बिकले आग्रह गरे ।
विष्टले आफुले पनाह खोलामा पक्की पुल निर्माण सहित उक्त सडक राम्रो बनाई दिने प्रतिबद्धता जाहेर गरेका थिए । ५ वर्ष अघि देखिको प्रयासमा जुटेका अध्यक्ष दलबहादुर बिक, उपाध्यक्ष मानबहादुर बिक लगायतका अगुवाहरुलाई सर्वसधारणले अविरजात्रा गरेरे सम्मान गरे ।
सांसद विष्टलाई माथी बाटा देखि नै बढाई गर्दै कार्यक्रम स्थलमा स्वागत गरे । कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिवालय सदस्य द्धयः कृष्ण सुनार , टिका रेश्मी , सोही पार्टी हस्तीचौर गाउँ कमिटी अध्यक्ष राम मल्ला ठकुरी , सोही योजना निर्माणकर्ता देविराम पराजुली लगायतको आतिथ्यता रहेको थियो ।
जनज्योति निम्न माध्यामिक विद्यालय प्राङ्गणमा भएको कार्यक्रममा उनै अध्यक्ष दलबहादुर विकको अध्यक्षता , उपाध्यक्ष मानबहादुर विकको स्वागत मन्तव्य र समाज सेवी विनबहादुर गौतमको सञ्चालन रहेको थियो । तस्वीर ः उद्घाटन सत्रको

हस्तीचौरको विकासमा कुनै कसुर बाँकी राख्दीनः विष्ट

gau-kamiti-1नेकपा एमालेका केन्द्रिय सचिव तथा गुल्मी क्षेत्र नं. ३ का सांसद गोकर्ण विष्टले हस्तिचौर गाविसको चौतर्फी विकाशका लागि आफुले कुनै कसुर बाँकी नराख्ने बताएको छन् ।
नेकपा एमाले गाउँ हस्तिचौर गाउँ कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । नेटा विष्टले छल्दीपनाह देखि रातडाँडा हँदै ईन्द्रेगौडा जाने मोटरबाटाको स्तर बृद्धि र कालो पत्रेका लागि काम शुरु भईसकेको , त्यसको लागि यस वर्ष ३० करोडको टेण्डर भईसकेको बताएका थिए ।
त्यस्तै उनले छल्दीटार देखि दर्लामचौर ईस्मा , अर्खबाङ र बाग्लुङगको गंगारे हँुदै ढोरपाटन जोड्ने मोटरबाटोको स्तर बृद्धिको कार्य पनि भईरहेको जानकारी दिए । त्यस्तै पनाह देखि हस्तिचौरको पालुखा जोड्ने पक्की पुल बनाउने प्रकृया शूरु भएको , हस्तिचौरमा प्रत्येक वडाहरु जोड्ने मोटरबाटो, शैक्षिक संस्था लगायतको विकास निर्माणमा थुप्रै कार्यहरु गरिएको पनि बताएका थिए ।
उनको प्रमुख आतिथ्यतामा आयोजित भेलामा विभिन्न पार्टि परित्याग गरी करिब एक दर्जन भन्दा बढि कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका थिए ।कार्यक्रममा नेकपा एमाले जिल्ला सचिवालय सदस्य कृष्ण सुनार, जिल्ला सदस्य टिका रेश्मी, लगायतको विशेष आतिथ्यता रहेको थियो ।
नेकपा एमाले हस्तिचौर गाउँ कमिटी अध्यक्ष राम मल्ल ठकुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष जमुना थापाको स्वागत मन्तव्य, सचिव नारायण कुवँरको सञ्चालनमा भएको थियो ।

पालुखा मावि सर्दै, विष्टद्धारा भवन शिलान्याश

pani-1उच्च माध्यमिक विद्यायल सञ्चालन गर्ने उद्देश्यका साथ गुल्मी हस्तिचौर ८ को पालुखा उच्च माध्यमिक विद्यालय अर्कै ठाउँमा स्थानान्तरण हुने भएको छ । आज भन्दा ५० बर्ष अघि देखी सञ्चालन भएको पालुखा निम्न माध्यमिक विद्यालय माथी पालुखा गाउँबाट नेवारी फाँटमा सर्ने भएको हो ।
उक्त स्थानमा बन्न लागेको विद्यालय भवनको गुल्मी क्षेत्र न ३ का सांसद गोकर्णराज विष्टले शिलन्यास गरेका छन् । शिलन्यास कार्यक्रममा बोल्दै सांसद विष्टले थप भवन निर्माणका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका थिए ।
विद्यालय तल फाँटमा समथल स्थलमा सार्नका लागि पालुखा ८ का शेर बहादुर कुँवर, श्यामलाल श्रेष्ठ, कृष्ण श्रेष्ठ र वडा नं ९ का रुक बहादुर नेपालीले निःशुल्क जग्गा दान गरेका छन् ।
करिब ७ रोपनी जग्गामा बन्न लागेको २ कोठे भवन जिल्ला शिक्षा
कार्यालयबाट १३ लाख रुपैयाँ विनियोजन गरी बनाउन लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बेल बहादुर कुँवरले जानकारी दिए ।

Comments

comments

Comments are closed.