तरकारी उत्पादक कृषकका लागी एक दिने अभिमुखिकरण गोष्ठि सम्पन्न

  •  
  •  
  •  
  •  
  •  

टोपलाल अर्याल
गुल्मी, फागुन २८ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत तरकारी खेती ब्लक स्तरीय अभिमुखिकरण गोष्ठि जिल्ला कृषी विकास कार्यालयमा सम्पन्न भएको छ ।
गोष्टिमा रेसुङ्गा नगरपालिका अन्तरगतका वडा नं. ४, ७, ८ र ११ का व्यावसायिक तरकारी उत्पादक कृषक एवं राजनितिक दलका पार्टी प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

कार्यक्रमलाई सहजीकरण गर्दै बरिष्ठ कृषी विकास अधिकृत चक्रपाणी पन्थीले खुलेरै कृषी पेसामा लागेकाहरुलाई प्रविधीको कमी हुन नदिने बताउनुभयो । उहाँले कृषीको नाममा कृषकको नेता बन्नेले कहिल्यै पेशा उत्कृष्ट नबन्ने भएकाले आफ्नो काममा दत्तचित्त भएर लाग्न सवै कृषकहरुलाई अनुरोध गर्नुभएको छ । ‘सदरमुकाम आउँदा अगुवा कृषक बनेर आउनेहरु फर्केपछि न घरमा न फार्ममा भेटिनुहुन्छ,अधिकृत पन्थीले भन्नुभयो,‘यो तालले व्यावसाय र व्यासायीकता हराउँछ ।” परियोजना सफल बनाउने वा नबनाउने भन्ने जिम्मा स्वय कृषकको भएको भन्दै उहाँले आफु र आफ्नो कार्यालय सधै किसानको पक्षमा रहेको बताउनुभयो ।

कार्यक्रममा परियोजनाको उदेश्य, व्लक निर्माण तथा संचालन प्रक्रिया, व्लक संचालक समितिको काम कर्तव्य र अधिकार, व्लक व्यावस्थापकको नियुत्ती र काम कर्तव्य, संचालन गरिने कार्यक्रम र नेपाल सरकारबाट प्राप्त हुने रकम (बजेट) तथा नेपालमा परियोजनाको अवस्था, अवधारणा र उपलब्धिका बारेमा बरिष्ठ कृषी विकास अधिकृत पन्थीले जानकारी दिनुभएको थियो । कार्यक्रम तरकारी ब्लक संचालक समिति रेसुङ्गा नगरपालिकाका अध्यक्ष श्री टिकाराम गौतमको अध्यक्षता, बरिष्ठ कृषी विकास अधिकृत पन्थीको प्रमुख आतिथ्यता तथा कार्यालयका प्राविधिक सहायक चेतनारायण पन्थीको संचालनमा सम्पन्न भएको थियो ।

प्राविधिक सहायक दोमलाल भुसालको स्वागत मन्तव्य रहेको कार्यक्रममा गोष्टिको बारेमा तरकारी ब्लक फोकल पर्सन एवं जिल्ला कृषी विकास कार्यालयका योजना अधिकृत हुम बहादुर थापाले जानकारी दिनुभएको थियो । सोहि कार्यक्रममा प्राविधिक सहायक भुसालले माटोको परिक्षण किन र माटोको नमूना लिने तरिका र समयको बारेमा कृषक तथा अगुवा सरोकारवालालाई जानकारी दिनुभएको थियो ।

Comments

comments

Comments are closed.