तम्घास बसपार्कको एक घरमा आगोलागी

  •  
  •  
  •  
  •  
  •  

टोपलाल अर्याल
गुल्मी, ३ बैशाख । सदरमुकाम तम्घासको बसपार्क नजिकै एक कच्ची घरमा आगोलागी भएको छ । आइतबार साँझ साढे सात बजे रेसुगां नगरपालिका ८ का घमानसिह सुनारी मगरको घरमा आगो लागेकोे जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

एक्कासी बिद्युतको तार सट भएर लागेको आगोले मगरको घरमा रहेका सवै अन्नपात, लत्ता कपडा, इन्भटर र काठहरु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालले बताए । आगोले अनुमानित तीन लाख ५० हजार बरावरको क्षति पु¥याएको नेपालले बताए ।
aagolagi
आगो स्थानीय, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नगरपालिकाको दमकलको सहायताले नियन्त्रणमा आएको हो । आगोलागि भएको नजिकै इश्वर पेटो«ल पम्प भएकाले तत्काल आगो नियन्त्रणमा लिएकाले थप क्षति हुन नपाएको उनले बताए ।
सदरमुकाम तम्घासको बसपार्क नजिकै एक कच्ची घरमा भएको आगोलागी ।

Comments

comments

Comments are closed.