तम्घासमा शुरु भयो आठौँ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, फागुन ७ । गुल्मीको सदरमुकाम तम्घासमा आज देखि आठौं राष्ट्रिय राष्ट्रपति रनिङ्ग शिल्ड कप प्रतियोगिातको २ नम्वर क्षेत्रिय स्तरको प्रतियोगिता सुरु भएको छ । तिन दिन सम्म चल्ने प्रतियोगिाको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गानाले उद्घाटन गरेका हुन् ।

उद्घाटन सत्रमा प्रमुख जिल्ला अधिकारी ढुङ्गानालाई विद्यालयका विद्यार्थी तथा खेलाडीहरुले मार्च पास सलामी टक्राएका थिए । कार्यक्रममा स्थानिय विकास अधिकारी कल्पना श्रेष्ठ , जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक महेन्द्र नेपाल , गुरुगोरख गुल्मका गुल्मपति सेनानी दिपक वरुवाल , सशस्त्र प्रहरी वलका गुल्मी पति सशस्त्र प्रहरी नायव उपरिक्षक दिग विजय सुवेदी ,नेपाल विभिन्न राजनैतिक दलका प्रतिनिधी अन्य सरोकारवाला र पत्रकारहरुको आतिथ्ता रहेको थियो ।

gulmi sports newsशिद्धवावा उच्च माध्यामिक विद्यालय तम्घास खानीगाउँको आयोजकुद विकास समितिको सह आयोजनामा सुरु भएको क्षेत्रिय प्रतियोगितामा १६ वटा टिम विच विभिन्न विद्यामा प्रतिस्पर्धा हुने खेलकुदना र जिल्ला खेलमहासंगका अध्यक्ष नवराज विकास समितिका कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।
यस अघि क्षेत्र नम्वर ३ को जैसीथोकमा पञ्चायन उच्च माविको आयोजनमा सम्पन्न भई सकेको र क्षेत्र नम्वर १ को भुवाचीदीमा त्रिभुवन उच्च माविले सम्पन्न गरी सकेको र आज देखि क्षेत्र नम्वर २ स्तरिय प्रतियोगिता सम्पन्न गरी जिल्ला स्तरिय प्रतियोगिता गरिने जिल्ला विकास समितिका कार्यालय प्रमुख दिपक केसीले जानकारी दिए ।
समितिका उपाध्यक्ष तथा क्षेत्र नम्वर २ का खेल संयोजक रमेश श्रीस्को अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा शिद्धवावका विद्यार्थी दलबहादुर रानाले कार्यक्रम सञ्चाल गरेका थिए ।

Comments

comments

Comments are closed.