तम्घासमा चिया पकाउँदा घरमा आगालागी

  •  
  •  
  •  
  •  
  •  

अनिल खत्री
गुल्मी, २१ फागुन । गुल्मीको सदरमुकाम तम्घासको एक कच्ची घरमा आगलागी भएको छ ।

रेसुङ्गा नगरपालिका १ गेष्टहाउस टोलमा भएको आगालागिबाट जगंप्रसाद श्रेष्ठको २ तले कच्चीघर पूर्ण रुपमा जलेको छ ।
gulmi tamghas news
श्रेष्ठ हाल बुटवलमा रहेकाले उनको घरमा घाडा गरि बस्ने सुमित्रा पाण्डेको सबै अन्नपात, लत्ताकपडा र नगद रु ५ हजार पुरै जलेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायव उपरिक्षक रबिन्द्र रेग्मीले जानकारी दिनुभयो ।

सुमित्राका छोराले चियाँ पकाउने क्रममा दिउसो साढे २ बजे आगालागि भएको थियो । आगालागिबाट १ लाखभन्दा बढीको क्षत्री भएको प्रहरीले जनाएको छ ।

नगरपालिको दमकल, जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरिक्षक शैलेन्द्र कुमार भट्टको नेतृत्वमा गएको प्रहरी टोली र स्थानीयवासीहरुले करिव आधाघण्टापछि आगालागिलाई नियन्त्रणमा लिएका थिए ।

Comments

comments

Comments are closed.