तम्घासमा खुल्यो सुविधा सम्पन्न होटल

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा अहिले सम्मकै सुविधा सम्पन्न होटल सञ्चालनमा ल्याइएको छ । आन्तरिक वाह्य पर्यटक भित्राउने उद्देश्यले युवा उद्यमी निरज मरासीनीले सुविधा सम्पन्न होटल एभरग्रिन सञ्चालनमा ल्याएका हुन् ।

केहि वर्षअघि देखि तम्घासको क्याम्पस रोड लाईनमा सञ्चालन भइरहेको होटल एभरग्रिनलाई स्थानान्तरण र लगानी समेत बढाएर तम्घासमासुविधा सम्पन्न होटल सञ्चानमा ल्याएको सञ्चालक मरासीनीले दावि गरेका छन् ।

विशिष्ट व्यक्तिहरुलाई लक्षित गदैं सञ्चालनमा ल्याईएको होटल एभरग्रिनमा एसी सहितको डिलक्स रुम , सेमीनार हल , किचन सहितको अट्याच रुम र प्रशस्त पार्किङ्ग सुविधा रहेको छ ।evergreen hotel tamghas

होटल एभरग्रिनमा गाडीको समेत सुविधा रहेको छ । त्यस्तै लामो समयसम्म बस्ने पाहुना वा अरुले पकाएको नखाने धार्मिक व्यक्तिहरुले किचन सहितको अट्याच रुममा आफै पकाएर खाने वस्ने सुविधा समेत रहेको संचालकको भनाई छ ।

Comments

comments

Comments are closed.