५ दर्जन युवाहरुद्वारा काँग्रेस परित्याग गरी एमालेमा प्रवेश

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, फागुन १० । वर्षौ देखि नेपाली कांग्रेसको वलियो पकट रहेको रेसुङ्गा नगरपालिका तम्घासका ५ दर्जन युवा नेकपा एमालेमा प्रवेश गरेका छन् । आज नेकपा एमालेका केन्द्रिय सचिव तथा क्षेत्र नम्वर ३ का सांसद गोकर्ण विष्टले फुलमाला अविर लगाउँदै रेसुङ्गा नगरपालिका वडा नम्वर १० उपल्लो तम्घासबाट दलित समुदायका ति युवाहरुलाई नेकपा एमालेमा प्रवेश गराउनुभएको सो पार्टीका गुल्मी जिल्ला प्रचार विभाग प्रमुख गणेश श्रीपालीले जानकारी दिए ।

उनका अनुसार तरुण दलका जिल्ला नेता तथा गोल्डेन स्टार युवा क्लव तम्घासका अध्यक्ष राजेश वराल , उपाध्यक्ष ज्ञानेन्द्र वराल , सचिव विशाल वराल सहित ६० जना युवाहरु नेपाली कांग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् ।
नाम नवताउने सर्तमा एक जना कांग्रेस कार्यकर्ताले केहि कांग्रेस गाउँ नेताहरुकै संकिर्ण र सामन्ती सोचका कारण रेसुङ्गा नगरपालिका भित्रबाट ठुलो युवा समुहले पार्टी परित्याग गरेको बताए । उनले आजको पार्टी प्रवेशलाई नेपाली कांग्रेसले ठुलो दुर्घटनका रुपमा लिनुपर्ने प्रतिकृया दिए । अझै पनि छुवाछुत विभेद र दलितलाई तल्लो दर्जाको मानिस सम्झने माानसिकतबाट अव त्यस्ता नेताहरु माथी उठ्नु पर्ने उनको सुझाव थियो ।
uml-party-prabesh-1त्यस्तै रेसुङ्गा नगरपालिका अन्तरगत अर्खलेको भुवनपानीबाट नेकपा माओवादीका गाउँ नेता कृष्ण प्रयासी, त्यस्तै एमालले रेसुङ्गा वहुमुखी क्याम्पस ईकाईबाट अस्मीता पन्थी, मिना घर्ति लगायतले आफ्नो पार्टी प्रवेश गरेको श्रीापालीको भनाई रहेको छ ।
कांग्रेसबाट नारायण पौड्याल, मानबहादुर नेपाली र माओवादीबाट रामचन्द्र सुनार पनि एमालेमा प्रवेश गरेको श्रीपालीले बताए । नवप्रवेशीलाई प्रमुख अतिथी सांसद विष्ट, नेताहरु क्रमशः कमल श्रेष्ठ, मधुकृष्ण पन्त, गणेश श्रीपाली लगायतले स्वागत गर्दै पार्टी प्रवेश गराएका थिए ।

काँग्रेस भन्छ त्यती धेरैले परित्याग गरेका हैनन्

उता नेपाली कांग्रेस रेसुङ्गा नगर समितिका सभापति छावि पाण्डेले भने एमालेले भने जति संख्या काग्रेसबाट त्यता नगएको जिकिर गरे । ६० जनाको नामै आएको छ नि भन्ने प्रश्नमा उनले भेटेरे कुरा गरौला भन्ने छोटो प्रतिकृया दिए ।
रेसुङ्गा नगरपालिका भित्र तिन दलको अवस्था रेसुङ्गा नगरपालिका वडा नम्वर १ , २, ३ , ५ , ७ , ९ ११ , १२ र १५ सहित ९ वटा वडाहरुमा अहिले पनि कांग्रेसको वलियो पकट भएको कांग्रेस नेताहरुले दावि गर्दछन् । एमालले भने त्यो स्वीकार गर्दैन । त्यस्तै एमालले वडा नम्वर ८ को भुजेलखर्क, वडा नम्वर ६ को ठुलोचेक्मी , वडा नम्वर ४ को अर्खले आज पार्टी प्रवेशवाट वडा नम्वर १० उपल्लो तम्घासमा पनि पकट भए पछि एमालले स्थानिय निकाय निर्वाचनमा ४ वडा अत्यन्तै बलियो भएको दावी गर्दछ र अन्य वडाहरुमा कडा प्रतिष्पर्धामा उत्रने तयारी गरेको जनाईएको छ ।
त्यस्तै वडा नम्वर १३ को सिमचौर राङ्गवास र वडा नम्वर १४ को दुविचौर उर्लेनीमा नेकपा माओवादी केन्द्रको वलियो उपस्थिती रहेको सो पार्टीको दावि रहँदै आएको छ । स्थानिय निकायको निर्वाचन घोषणा संगै भएको पार्टी प्रवेशको क्रम अव तँ भन्दा म के कमा गर्दै अन्य पार्टीहरु पनि जुट्दै गएका छन् । केहि दिन अघि कांग्रेस र एमाले परित्याग गरी वम्घा र वलेटक्सारका ६० जना कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए । उता क्षेत्र नम्वर ३ को अर्खवाङ्ग घमिरमा कांग्रेसका जिल्ला सचिव खिलध्वज पन्थीले अन्य पार्टीबाट दर्जनौ कार्यकर्ता आफ्नो पार्टीमा भित्राएका थिए ।

Comments

comments

Comments are closed.