तम्घासको पैचो पसल सिलबन्दी , ठगीको आरोप

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, माघ–४ । गुल्मीको सदरमुकाम तम्घासमा रहेको पैचो पसलमा आज काठमाण्डौबाट आएको आपुर्ति मन्त्रालयको टोलीले छापा मारेको छ । आपुर्ति मन्त्रालयबाट शाखा अधिकृत ओमप्रसाद पाण्डेको नेतृत्वमा आएको अनुगमन टोलीले तम्घासको वस पार्क नजिकै रहेको पैंचो पसलमा जिल्ला प्रशासनको समन्व्यमा छापा मारेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गानाले जानकारी दिए ।

मन्त्रालयका अधिकृत ओमप्रसाद पाण्डेले त्यस पसलमा विक्रि हुँदै आएका खाद्य पदार्थहरुमा उत्पादन भएको मिति र खान योग्य हुने अन्तिम मिति नलेखिएको , मुल्य सुचि पनि उल्लेख नभएको र राजश्व ठगी गर्ने नियतका साथ उक्त पसल खोलिएको पाईएकोले छापा मारिएको बताए ।
सुरुमा प्रमुख जिल्ला अधिकारी ढुङ्गाना आई विल लगायतका कागज पत्र जफत गरी लगेको र त्यसको छानविन नभए सम्म पैचौ पसलमा सिल वन्दी गरी विक्री वितरण गर्न रोक लगाईएको उनले बताए । प्रमुख जिल्ला अधिकारी ढुङ्गानाले उचित छानविन गर्न र कानुनको दायरामा ल्याउन पनि छापा मार्न आवस्यकता रहेको बताएका छन् ।
वलेटक्सारमा प्रधान कार्यालय रहेको पैचौ पसलका प्रवन्ध निर्देशक धु्रर्व न्यौपानेले कम्पनी ऐन अन्तर्गत दर्ता भएको उक्त पसलले राजस्व ठगी नगरेको र अखाद्य वस्तु विक्रि गरेको भन्ने आरोप रिसीइवीका कारण भएको जिकीर गरे । उनले भने–‘ हामी वजारमा भन्दा कम मुल्यमा विक्रि गर्दछौ । र उपभोक्ताहरुको सुविधालाई ध्यानका राखी हामीले शनिवार पनि दिन पसल खोल्ने गरेका छौं । गुल्मी उद्योग वाणिज्य संघले त्यस दिन तम्घास वजार वन्द हुने भएकोले हामीलाई नखोल्न चेतावानी दिएको थियो । केहि धम्की पनि आएका थिए त्यसैको परिणाम हो , हामीबाट कुनै कम्जोरी भएको छैन् र राज्य र उपभोक्ता कसैलाई नठगी हामीले पैंचो पसल सञ्चालन गरेका छौं । ’
मन्त्रालयका अधिकारीले कुहेको तरकारी समेत बेचेको आरोप लगाउँदै प्रशासनबाट निर्देशन नभए सम्म पसल नखोलिने चेतावानी समेत दिएका छन् । त्यसो त त्यस पसलमा भेटिएका मिति उल्लेख नभएका खाद्य वस्तु तम्घास वजारका अन्य पसलमा मात्र होईन जिल्लाका ग्रामिण भेगका पसलमा समेत छ्याप्छयाप्ती भेटिने गरेका छन् र त्यसको गुणस्तरबारे सरोकारवाला मौन छन् ।
केहि दिन अघि डेट उल्लेख नभएको आटा पसलबाट किनेर ल्याई रोटी बनाएर खाएको केहि वेरमै गुल्मी मुसिकोटमा एकै परिवारका पाँच जना वेहोस भएका थिए । पैचो पसलका प्रवन्ध निर्देशक न्यौपानेकै भनाई सत्य हो भने जिल्लाका ठुला र पहुँचवाला व्यवसायीहरुले अरुको आङको जुम्रा देख्ने आफ्नो आङको भैंसी पनि देख्ने गरेका हुन् कि भने व्याङ्ग पनि कतिपयले गर्ने गरेका छन् ।

Comments

comments

Comments are closed.