ढोरपाटन–१ मा माओवादी केन्द्र विजयी

प्रेम सुनार
गुल्मी, जेठ–१ । वाग्लुङ्गको ढोरपाटन नगरपालिकाको वडा नम्वर–१ मा नेकपा माओवादी केन्द्रका उमेदवार चित्रबहादुर भण्डारी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनीे २ सय ५० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका अशोक बिकले १ सय ९१ मत ल्याएर पराजित भएका छन् ।
त्यस्तै चार वटा वडा सदस्यहरु कांग्रेसका उमेदवारहरु विजयी भएका छन् । महिला सदस्यमा गौमती कुमालले २ सय ३५ मत ल्याएर विजयी भएकी छिन् । दलित महिला सदस्यमा असारी बिक विजयी भएकी छिन् भने खुल्ला सदस्यमा होमबहादुर रानाले २ सय ६९ मत र सन्धी गुरुङ्गले २ सय ४० मत ल्याएर विजयी भएकी छिन् ।
वडा नम्वर–१ को मत परिणाम अनुसार ढोरपाटन नगरपालिकाको मेयर पदमा नेकपा एमालेका देवकुमार नेपालीले अग्रता लिएका छन् । उनले २ सय ८९ मत ल्याएका छन् भने नेपाली कांग्रेसका अर्जुन शेरचलनले २ सय ६३ मत ल्याएका छन् ।
राष्ट्रिय जनमोर्चाका गौरीशंकर पाण्डेले ६० मत र माओवादी केन्द्रका शेरमान घर्तिले ५९ मत ल्याएका छन् । उपमेयरमा नेपाली कांग्रेसकी दिलमाया पौडीले २ सय ९६ मत ल्याएर अग्रता ल्याएकी हुन् । उनलाई माओवादी केन्द्रकी विप्सना सुनारले १ सय २५ मत ल्याएर पछ्याएकी छिन् ।
जनमोर्चाका दुर्गादेवि घर्तिले ९२ मत ल्याएकी छन् । दोश्रो चरणको मतगणना वडा नम्वर २ को साँझ ५ वजेबाट मात्रै सुरु हुने वुर्तिवाङ्गबाट पत्रकार साम सुवेदीले जानकारी दिए ।

setPostViews(get_the_ID());