टेलि श्रृंखला सोह्र दुना आठ अव रेसुङ्गा टेलिभिजनबाट

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, भाद्र–१२ । केहि महिना अघि सम्म बुटवलको बुद्ध टेलिभिजनबाट प्रशारण भएको चर्चित हाँस्य ब्याङ्गात्मक टेलि श्रृंखला सोह दुना आठ अव गुल्मीको पहिलो र एक मात्र रेसुङ्गा टेलिभिजनबाट पनि प्रशारण हुने भएको छ ।giri-prasad-bhusal
गुल्मी सुभद्र फिल्मस प्रालिको व्यानरमा गुल्मीकै सञ्चारकर्मी राज भण्डारी र आदित्य भण्डारीले निर्माण गर्न लागेका हुन् । वुटवलमा ५० औं श्रृंखला प्रशारण गरेका यस टेलिभिजका स्टेशन म्यानेजर गिरिप्रसाद भुसालको लेखन निर्देशन र सम्पादनमा प्रशारण हुन लागेको टेलि श्रृंखला सोह्र दुना आठ सामाजिक विकृति विसंगति र अनियमित्ता भ्रष्टचार विरुद्ध व्याङ्ग प्रहार गर्ने कार्यक्रम हो ।
वुटवलमा युनिक मुभिजको व्यानरमा दिनेश भुसाल र सागर पाठकले निर्माण गर्ने गरेको टेलि श्रृंंखला सोह्र दुना आठलाई अव थप सशक्त बनाईने सुभद्र फिल्मस् प्रालिका प्रवन्ध निर्देशक सुमन पाण्डेले जानकारी दिए ।
उनले दिएको जानकारी अनुसार उक्त कार्यक्रम यसै हप्ता देखि हरेक शनिवार साँझ साढे सात वजे प्रशारण हुने छ । आजै पल्लीकोटमा यस कार्यक्रमको शुभ मुहर्त गरिएको निर्माता राज भण्डारीले बताए ।

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *