टेलिभिजनमा विद्युत सर्ट हुँदा घर जलेर २५ लाख क्षति

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, कार्र्तिक–१८ । गए राती गुल्मीको वामीमा परिवारले हेर्दै गरेको टेलिभिजन सर्ट हुँदा निस्केको आगो सल्कीदै जाँँदा सिंङ्गो घर नै जलेर २५ लाख वरावरको क्षति भएको जनाईएको छ । वामी गाविस वडा नम्वर–३ का टोपबहादुर शाक्यको घर त्यसरी जलेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

Television exploding (digital composition)

फोटो: इन्टर्नेट

सार्कीको ३० हात लम्वाई र २० हात चौडाई भएको दुई तले घरमा किराना र फेन्सी पसल रहेकोले उक्त सामग्री सहित करिव २५ लाख वरावरको क्षति प्रहरीले अनुमान गरेको बताईएको छ । स्थानिवासी र प्रहरीको सहयोगमा अन्य घरहरुमा क्षति हुनबाट बचाएको जनाईएको छ ।

अप्डेट: यसअघी पीडितको नाम टोप बहादुर शाक्य हुनुपर्नेमा अन्यथा भएकोमा सच्चाईएको छ ।

Comments

comments

Comments are closed.