झोला बोकेर घरदैलो गरेरै गरीब बिध्यार्थी को लागि १५ लाख संकलन

  •  
  •  
  •  
  •  
  •  
रबीलाल पौडेल
कुर्घा गुल्मी, पुष १२। कुर्घा ७ गुर्जाङमा रहेको श्री खड्गदेबी प्राबिका प्रअ कुलराज शर्माले घरदैलो गरेरै रू १५ लाख संकलन गर्नुभएको छ।

बिध्यालयमा अध्ययनरत दलित, जनजाती, गरीब र बिपन्न बस्तीका बिध्यार्थीहरुलाई ३० लाखको अक्षयकोश खडा गरी त्यसबाट आउने ब्याजबाट बिध्यार्थीहरुलाई दिवा खाजा, कापी कलम, झोला र पोशाकको लागि सन्चालन गरिएको सहयोग अभियानबाट उक्त रकम उठेको हो।

“पन्ध्र लाख त संकलन भयो अझै पन्ध्र लाख संकलन गर्ने लक्ष लिएको छु” कुलराज शर्मा ले भन्नु भयो। बिपन्न बस्ती मा अवस्थित बिध्यालयमा पढ्न आउने बिध्यार्थी को आर्थिक अवस्था एकदमै दयनीय रहेको ले तिनिहरुले राम्रो सँग पढ्न सकुन भनेर स्थानीय बुद्धिजिवी हरुको समेटा सकृयातामा यो सहयोग अभियान सुरु गरिएको हो । जहाँ हुनु हुन्छ सक्दो सहयोग गरी यो अभियानलाई साथ दिन प्र अ शर्माले सबैमा अपिल गर्नुभएको छ ।

Comments

comments

Comments are closed.