जैसीथोक गाविसको मुहार फेर्दै हेफर, घाँसको पकेट क्षेत्र बनाउने अभियान शुरु

  •  
  •  
  •  
  •  
  •  

गुल्मी । जैसीथोक गाविसलाई घाँसको पकेट क्षेत्र बनाउने अभियान शुरु भएको छ । सोहि अभियान अन्तरगत विभिन्न जातका घाँसका विरुवाहरु रोप्न थालिएको छ । एकिृत ग्रामिण विकास समाज गुल्मी द्धारा संचालित किसानका लागी उन्नत बिउबिजन कार्यक्रम बाख्रा विकास परियोजना (हेफर) संगको साझेदारीमा २ लाख १५ हजार बिरुवा रोपिएको छ ।
मोलाटो १ लाख २२ हजार, किम्बु ४५ हजार, अम्रिसो ३२ हजार, इपिल १५ हजार, बकाइनो ५ सय र तेजपत्ताका ३ सय बिरुवा गाविसका विभिन्न खाली सार्वजनिक जग्गाहरुमा रोपिएको परियोजनाका जैसीथोक संयोजक बिष्णु भण्डारीले जानकारी दिए । त्यस्तै भटमासे बिउ ६३ किलोग्राम, ७ किलोग्राम इन्दु र १७ किलोग्राम इपिलिपीका बिउ पनि समुहहरुलाई बितरण गरिएको छ । जैसीथोक गाविसका परियोजनामा आवद्ध २५ समुहका ५ सय ७४ घरधुरीको सक्रियतामा यो अभियान संचालन गरिएको छ ।
gulmi hefar newsकृषी र पशुपालन व्यावसाय मार्फत आर्थिक उपार्जन गर्न सकिने संकल्प बोकेका स्थानीयहरुलाई परियोजनाका अन्य साझेदार संस्थाहरुले पनि सहयोग गरिरहेका छन् । जिल्ला भुसंरक्षण कार्यालयले २० हजार बराबरका तरकारीका बिरुवा किसानहरुलाई वितरण गरेको छ । भने जिल्ला कृषी विकास कार्यालयले ५ हजार बराबरको उन्नत मकैको बिउ र तरकारीका बिरुवा वितरण गरेको गाविसमा संचालित परियोजनाका लेखा प्रमुख शोभाखर गिरीले जानकारी दिए । त्यस्तै जिल्ला पशु सेवा कार्यालयले गाविसका पशुचौपायहरुलाई पिपिआर भ्याक्सिन दिएको छ । भने १ क्विन्टल जै घाँसको बिरुवा पनि किसानहरुलाई प्रदान गरेको गिरीले बताए ।
gulmi hefar newsशनिबार आयोजना गरिएको बृहत घाँस र अम्रिसो रोप्ने कार्यक्रममा बोल्दै गाविस स्तरिय हेफर कार्यक्रम व्यावस्थापन समिति अध्यक्ष तारा खनालले कृषी र पशुपालन व्यावसायबाटै जैसीथोक गाविसको मुहार फेरिने बताइन् । हेफर कार्यक्रमले बिपन्न महिलाहरुको जीवनस्तर उकास्न महत्वपुर्ण भुमिका खेलेको छ, खनालले भनिन प्रयास जारी रहेकाले सफलता भेट्याउन अब समय लाग्दैन् । गाविस सचिव बिनोद पोख्रेलले कृषी र पशुपालन व्यावसाय मार्फत नै आर्थिक विकास हुनेर गाउँको सम्भावनलाई कुल्चेर बिदेश जाने युवाहरुलाई रोक्न सकिने बताए । त्यस्तै जिल्ला पशुसेवा कार्यालयका पशु चिकित्सक डा सुन्दर बस्यालले पशुपालन व्यावसायको महत्वपुर्ण पक्ष नै घाँस भएकाले जैसीथोक गाविसले ल्याएको घाँसको पकेट क्षेत्र बनाउने अभियानमा आफुहरुले पूर्ण सहयोग गर्ने बताए ।
gulmi hefar newsत्यस्तै जिल्ला विकास समिति गुल्मीका तेजेन्द्र थापाले कृषी र पशुपालन सम्बन्धि विभिन्न योजनाहरु वडा, गाविस र इलाका हुँदै जिल्ला विकास समिति सम्म पठाउन सरोकारवालाहरुलाई आग्रह गरे । हेफर कार्यक्रमका बरिष्ट पशु चिकित्सक लक्ष्मण घिमिरेले जैसीथोक गाविसका कृषकहरुको मेहेनत र उत्साहले आफु निकै खुसी भएको बताए । लगनशिलता र परिश्रम बिना कृषी र पशुपालन व्यावसाय अगाडी नबढ्ने भएकाले स–साना समस्याबाट नआत्तिएर सिक्न र समाधान तर्फ लाग्न स्थानीयलाई आग्रह गर्नुभयो ।
gulmi hefar newsनेकपा एमालेका पार्टी सचिव सोमनाथ सापकोटाले पहिले जस्तो हातमा झण्डा बोकेर जिन्दवाद र मुर्दाबाद गर्ने समय सकिएकाले कृषी मार्फत आर्थिक समाजिक रुपान्तरण नै पहिलो प्राथमिकता हुने बताए । उनले काम गर्ने जाँगर र योजना भए पैसाको अभाव नहुने र हुन नदिने समेत प्रतिबद्धता गरे । एकिकृत ग्रामिण विकास समाज गुल्मीको सहयोग तथा किसानका लागी उन्नत बिउबिजन कार्यक्रम बाख्रा विकास परियोजना (हेफर), निर्वाचन क्षेत्र विकास कार्यक्रम, जिल्ला विकास समिति, जिल्ला पशुसेवा कार्यालय, भु संरक्षण कार्यालय र जैसीथोक गाविसको आर्थिक सहयोगमा गाविसको वडा नं ६ र ७ मा अम्रिसो बृक्षारोपण गरिएको थियो । स्थानीयले गाउँमा अझै धरै जग्गा खाली भएकाले बिरुवा उपलब्ध गराउन माग गरेका थिए । आर्थिक, प्राविधिक, भौतिक र नैतिक सहयोग मार्फत गाउँ किसानहरुको आर्थिक समृद्धिमा टेवा पुराउन सहयोग गर्ने किसानका लागी उन्नत बिउबिजन कार्यक्रम बाख्रा विकास परियोजना (हेफर) र सोहि परियोजना संचालन गर्ने संस्था एकिकृत ग्रामिण विकास समाज गुल्मीको स्थानीयहरुले खुलेरै प्रसंसा गरेका थिए ।
gulmi hefar news

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *