जुभुङ्ग काब्रेपोखरी महोत्सव सुरु (फोटो फिचर)

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, पौष–२५ । गुल्मीको जुभुङ्ग काब्रेपोखरी शैक्षिक तथा धार्मिक महोत्सव–२०७३ आज पौष–२५ गते देखि सुरु भएको छ । महोत्सवको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गानाले उद्घाटन गरेका हुन् ।

१०८ राष्ट शान्ति धार्मिक महोत्सव संकल्पकर्ता गोविन्दशंरण महाराजी र मधुरवाणी पुज्यादिदी मिना देवि ज्युबाट आज देखि ८ दिन सम्म प्रवचन हुने महोत्सवको पहिलो सत्रमा जुभुङ्गका विभिन्न गाविसमा कलशयात्रा सहितको प्रभातफेरी गरी काभ्रेपोखरी उच्च माध्यामिक विद्याल प्राङ्गणमा सजाईएको विशाल मञ्चमा औपचारिक कार्यक्रम सुरु भएको थियो ।
आज पहिलो दिनमै करिव ५० लाख रकम संकलन भएको आयोजकले जनाएका छन् । पहिलो दिनका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी ढुङ्गानाले ५ हजार १ सय चन्दादान गरेका थिए । उनलाई गोविन्दजी महाराजले सम्मान गरेका थिए ।
कार्यक्रममा प्रवचनका अलवा राधाकृष्णको नृत्य र मञ्चन गरिनुको साथ शुभकामना मन्तव्य राखिएको थियो । कार्यक्रममा जिल्ला ईन्जिनियर सुनिल रञ्जितकार , कोष तथा लेखा निरीक्षक कार्यालयका लेखापाल भुपाल ज्ञवाली, जुभुङ्ग गाविस सचिव कमलप्रसाद पाण्डेय, ,जुभुङ्गका श्रोत व्यक्ति खिमबहादुर महत , शिक्षा प्रेमी तथा समाज सेवी जगनाथ गौतम , क्याप्टेन सन्तबहादुर खड्का , क्याप्टेन चन्द्रबहादुर जिसी , पुर्व लेखा अधिकृत हुमबहाद्र थापा , सुवेदार केशरसिंह सारु , जिल्लाका पत्रकारहरुको तर्फबाट प्रेम सुनार लगायतको विशेष आतिथ्यता रहेको थियो ।
जुभुङ्ग काब्रेपोखरी शैक्षिक तथा धार्मिक महोत्सव मुल समारोह समितिका अध्यक्ष ज्ञानबहादुर खड्काको अध्यक्षतामा सुरु भएको कार्यक्रममा त्यस विद्यालयका प्राचार्य तथा समारोहका महासचिव तेजेन्द्र खड्काको स्वागत मन्तव्य र पुर्व प्राचार्य श्रीराज खड्काको सञ्चालन रहेको थियो ।


Comments

comments

Comments are closed.