जिल्ला प्रहरी कार्यालय गुल्मीले नेपाल प्रहरीको ६१ औं स्थापना दिवस मनायो

  •  
  •  
  •  
  •  
  •  

जिल्ला प्रहरी कार्यालय गुल्मीले नेपाल प्रहरीको ६१ औं स्थापना दिवस आज मनाएको छ । जिल्ला प्रहरी कार्यालय परिसरमा सजाईएको भव्य कार्यक्रम स्थल अविरल वर्षाका कारण रद्ध गरी भित्र भवनको एक हलमा सारेर मनाईएको थियो ।nepal-police
स्थापना दिवस मुल समारोह समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले शाहदत प्राप्त गरेका विर प्रहरीहरुको स्मारिकामा श्रद्धा सम्मानका साथ माल्याणपर्ण गरी उद्घाटन गर्नु भएको थियो । लगत्तै विर प्रहरीहरु प्रति नेपाल प्रहरीको एक टुकडीले शोक सलामी अर्पण गरेको थियो । कार्यक्रममा स्वागत मन्तव्यका क्रममा त्यस कार्यालयका उप प्रमुख प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालले नेपाल प्रहरीको े ऐतिाहाँसिक पृष्ठभुमीबारे प्रकास पार्नस भएको थियो । त्यस्तै प्रहरी निरीक्षक मकेन्द्रकुमार मिश्रले प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले पठाएको शुभकामना सन्देश वाचन गरेर सुनाउनु भएको थियो । कार्यक्रममा रेसुङ्गा सामुदायिक प्रहरी सेवाका अध्यक्ष कृष्णप्रसाद भण्डारी , भुतपुर्व प्रहरी संगठनका अध्यक्ष ओमप्रकाश श्रेष्ठ र प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले शुभकामना मन्तव्य राख्नु भएको थियो । शुभकामना मन्तव्य राख्दै उहाँले राज्यका अन्य निकाय गाउँ गाउँमा परिचालित हुँदा हुँदै पनि प्रहरी त्यहाँ नपुगे सम्म राज्यको उपस्थिती नभएको जनताले महशुस गर्ने भएकाले प्रहरीको महत्व बढ्दै गे आएको बताउनु भएको थियो । प्रहरी नायव निरीक्षक कृष्णप्रसाद ढकालले सञ्चालन गरेको कार्यक्रममा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक भोलाबहादुर रावलले धन्यबाद मन्तव्य प्रकट गर्दै प्रहरीको जिम्मेवारी र कर्तव्य परायणता बारे प्रकाश पारेर कार्यक्रमको समापन गरिएको थियो ।
विजय दशामीको अवसरमा सशस्त्र प्रहरी वल गुल्मीले आज बडाभोज तथा शुभकामना आदन प्रदान कार्याक्रम भव्य रुपमा सम्पन्न गरेको छ ।
सशस्त्र प्रहरी वल रहेको व्यारेक दुविचौर उर्लेनीमा आयोजित वडा भोजको निमन्त्रणमा आउने अतिथीहरुलाई त्यसका गुल्मपति सशस्त्र प्रहरी नायव उपरिक्षक दिक विक्रम सुवेदी र टुवाईसी सशस्त्र प्रहरी निरीक्षक देवेन्द्र मल्लले स्वागत गर्नु भएको थियो । बडाभोेज कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना , अन्य सुरक्षा निकायका प्रमुख , सरकारी कार्यालयका प्रमुख , प्रतिनिधी । सामाजिक संघ संस्था , पत्रकारहरु र स्थानिय भद्रभलादमीहरुको सहभागिता थियो ।
सेना र प्रहरीहरुले विजय दशामीको वडाभोज पछि पुर्व निर्धारित सिमीत जवान र अधिकृतहरुलाई दशै मान्न घर छाड्ने चलन रहेको छ । बडाभोजलाई सेना प्रहरीले विशेष रुपमा लिने गरेका छन् । यसै विच सशस्त्र प्रहरी वल गुल्मीले विजय दशामीको अवसरमा परम्परागत सांस्कृति झल्काउन र स्थानियवासीलाई मनोरञ्जन समेत प्रदान गर्न व्यारेक भन्दा वाहिरको मैदानमा लिङ्गे पिङ्ग निर्माण गरी दिएको छ । उक्त लिङ्गे पिङ्गमा बडाभोजका अतिथीहरु र स्थानिवासी निकै रमाएका थिए । विपद व्यवस्थापन, सामाजिक कार्य र सुरक्षामा खटिदै आएको सशस्त्र प्रहरी वल गुल्मीले मौलिक सांस्कृति संरक्षण्मा समेत महत्वपुर्ण भुमिका निभाउँदै आएको छ ।
करिब एक दशकदेखि अलपत्र बनेको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी लोकमार्गको निर्माण तीव्ररुपमा अघि बढेको छ।
राष्ट्रिय गौरवका आयोजनाको रुपमा रहेको भारत र चीन जोड्ने कालीगण्डकी लोकमार्गको पर्वत खण्डमा ट्र्याक खुलाउने तथा स्तरवृद्धिको काम तीव्र पारिएको छ। लोकमार्गअन्तर्गत सदरमुकाम कुश्मादेखि स्याङजाको मिर्मी सम्मको करिब ६८ किलोमिटर सडक खण्डमा ट्र्याक खुलाउने तथा स्तरवृद्धिको काम तीव्र पारिएको हो।
उक्त सडकखण्डमा ट्र्याक खोल्ने, सडक चौडा बनाउने, तारजाली हाल्ने, कल्भर्ट बनाउने, नाली काट्नेलगायतको कामले तीव्रता पाएको छ। उक्त खण्डको स्तरवृद्धि गर्न ३९ करोड विनियोजन भइसकेको छ।
सो सडकखण्डको काम २०७४ असारभित्र सम्पन्न गर्नेगरी दुई ओटा निर्माण कम्पनीमार्फत काम भइरहेका छन्। अहिले मिर्मी–रानीपानी खण्डमा काष्ठमान्डप निर्माण कम्पनी र रानीपानी–कुश्मा खण्डमा सूर्य कन्स्ट्रक्सन प्रालिले काम गरिरहेका छन्।
सडकको स्तर १० मिटर फराकिलो बनाइनुका साथै मोड तथा ग्रेड सुधार र ह्युम पाइप, कल्भर्ट निर्माण गर्नु मुख्य रहेको सूर्य कन्स्ट्रक्सन प्रालिका सञ्चालक आरके थापाले जानकारी दिए।

गुल्मी जिल्लाको हरेक स्थानिय तहको चुनावी अप्डेट छिन-छिनमा पाउनको लागि गुल्मीन्युजको पेज लाईक गर्नुहोला ।
(यदी पहिले नै लाइक गर्नु भएको छैन भने मात्र)

Comments

comments

Comments are closed.