जनसभालाई सम्वोधन गर्न टोपबहादुर रायमाझी, चन्द्र भण्डारी र प्रदिप ज्ञवाली गुल्मी आउने

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, मंसिर–२४ । जिल्लाका प्रभावशाली नेताहरु सहित नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी भोली मंसिर २७ गते सदरमुकाम तम्घासमा हुने विशाल जनसभालाई सम्वोधन गर्न आउने भएका छन् ।
५ नम्वर प्रदेश टुक्राउन पाईदैन भन्दै गुल्मीमा सुरु भएको संयुक्त जनआन्दोनको भोली १३ औ दिन सदरम्ुकाम तम्घासमा विशाल जनसभा हुँदैछ । नेता रायमाझी संगै नेकपा एमालेका नेता प्रदिपकुमार ज्ञवाली र नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी पनि आउने गुल्मी उद्योग वाणिज्य संघका सचिव तथा संयुक्त जनआन्दोलन परिचालन समितिका सदस्य विरेन्द्र भुसालले जानकारी दिए । भोली गाउँ गाउँबाट जनलहर उर्लिने भएको जनाईएको छ ।
विशाल जनसभामा केन्द्रका तिन वटै प्रभावशाली नेताहरु आउने भएकोले सवैको सहभागिताको लागि जनआन्दोन समितिका संयोजक भुवनप्रसाद श्रेष्ठले अपिल गरेका छन । आज १२ औ दिन सदरमुकाम तम्घासमा मानवसाङ्लो प्रदर्शन गरिएको थियो । त्यस्तै आज साँझ राँके जुलुस निकाल्ने जनाएको छ ।

गुल्मी जिल्लाको हरेक स्थानिय तहको चुनावी अप्डेट छिन-छिनमा पाउनको लागि गुल्मीन्युजको पेज लाईक गर्नुहोला ।
(यदी पहिले नै लाइक गर्नु भएको छैन भने मात्र)

Comments

comments

Comments are closed.