जनप्रिय युवा क्लवको ०७४ सालको क्यालेण्डर विमोचन सम्पन्न

  •  
  •  
  •  
  •  
  •  

गुल्मी, १७ वैशाख । गुल्मी जिल्लाको पश्चिम गुल्मी, प्युठान र अर्घाखाँचीको सिमानमा अवस्थित मदाने गाउँपालिका वार्ड नं ६ मा स्थापित जनप्रिय युवा क्लवले २०७४ सालको क्यालेण्डर विमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम पुर्कोट दह गोलपोखरीमा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा क्लवले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत पुर्कोट दहमा रहेको पुर्कोट दह हेल्थ पोष्टलाइ आवस्यक पर्ने विभिन्न उपकरण तथा स्वास्थ्य सामाग्री पनि प्रदान गरेको छ ।
janapriya youth club
साथै कार्यक्रममा साविकको पुर्कोट दह गाविस वार्ड स्तरीय भलिबल प्रतियोगीता पनि आयोजना गरीएको थियो । उक्त प्रतियोगीतामा क्रमश वार्ड नं ५ ६ र ४ ले प्रथम दोश्रो र तूतिय स्थान प्राप्त गरेका थिए । पु्र्कोट दहमा क्रियाशिल क्लवले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य चौकिलाइ आवस्यक सामाग्री वितरण गरेको र भविष्यमा पनि सामाजिक हितमा काम गर्दै जाने कुरा क्लव अध्यक्ष कमल शिशिर लम्सालले बताए।

लम्सालको सभापतित्व र रेशमलाल भुसालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा मिनराज केसीले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सन्चालन पदम कुवंरले गर्नु भएको थियो । -लोकान्तर डट कमबाट

Comments

comments

Comments are closed.