जनज्योती माविको प्रवेशद्धार निमार्ण गर्न भुषाल एक्लैले दिए ४ लाख रुपैँया

  •  
  •  
  •  
  •  
  •  

विमल नेपाली
गुल्मी, २ फागुन । जनज्योती माध्यमिक विद्यालय पौदीअमराई २ अरेवा गुल्मीलाई पौदी अमराई २ का डालेश्वर भुषालले विद्यालयको प्रवेश निर्माणका लागि चार लाख पाँच हजार पच्पन्न रुपैया सहयोग गर्नुभएको छ ।

आईतबारबाट सुरु भएको विद्यालयको ५७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवशका अवसरमा भुषालले विद्यालयलाई उक्त आर्थिक रकम सहयोग गर्नुभएको हो । विद्यालयले दिएको जानकारी अनुसार आज सोमबार वार्षिकोत्सवको औपचारिक उदघाटन तथा चन्दादाता भुषाललाई बाजा सहित सम्मान गर्ने कार्यक्रम रहेको छ ।
आइतबार सम्पन्न ५७ औँ वार्षिकोत्सवको पहिलो दिन विद्यालयका विविध खेलकुद कार्यक्रम सम्पन्न भएका छन । कार्यक्रममा बोल्दै विद्यालयका प्रध्यानाध्यापक ईश्वरीप्रसाद आचार्यले चन्दादातालाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । पहिलो दिन अर्थात आईतबारको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र रायमाझिको अध्यक्षता, शिक्षक पुर्ण प्रसाद पौडेलको स्वागत मन्तव्य एवम शिक्षक दोय महलाल पौडेल र लालु गिरीको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रम आज सोमबार पनि जारी छ ।

Comments

comments

Comments are closed.