जनज्योति आमा समुहको अध्यक्षमा पुनः कुँवर

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार

गुल्मी, पौष–२३ । शनिवार भएको जनज्योति आमा समुह रेसुङ्गा नगरपालिका २ धागीथुम गुल्मीको १२ औं साधरण सभाले अध्यक्ष पदमा पुनः अमृता देवि कुँवरलाई चयन गरेको छ ।

साधरण सभाले उपाध्यक्षमा रम्भु थापा, सचिवमा माया खनाल, कोषाध्यक्षमा चमेली केसी कुँवर र सहसचिवमा कमला थापाले चयन गरेको छ । सदस्यहरुमा क्रमशः र्गगा थापा , सककुमारी पन्थी, भगवती कुँवर , सिता थापा, देवमाया पाण्डेय, मैना श्रेष्ठ, जुरा थापा, देवकला कुँवर , लक्ष्मी कुँवर र तारा खनाल चयन भएका छन् । साधरण सभाको अवसरमा महिलाहरुले भजन किर्तन लगायतको सांस्कृतिक कार्यक्रम गरेर मनोरञ्जन प्रदान गरेका थिए ।

साधरण सभामा अध्यक्ष कुँवरले वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन् । कार्यक्रममा रेसुङ्गा नगरपालिकाका सामाजिक विकास अधिकृत गोपालप्रसाद पन्थीको प्रमुख आतिथ्यता रहेको थियो ।

शुभकामना मन्तव्य व्यक्त गर्दै पन्थीले उक्त आमा समुहले सामाजिक क्षेत्रमा गरेको कार्य उदाहरणीय र प्रशंसनिय रहेको बताएका थिए । २०६१ सालमा उनै अध्यक्ष कुँवरको अगुवाईमा गठन भएको उक्त आमा समुहको नेतृत्व कुँवरले नै गर्दै आएकी छिन ।

त्यस आमा समुहले तम्घासको बाख्रेछेडा देखि उदिनढुङ्गा सम्मको मोटरबाटो करिव ३५ लाख लागतमा सम्पन्न गरेको छ । त्यस्तै यस अवधीमा उसले करिव ३० लाख लागतमा आफ्नै कार्यालय भवन निर्माण समेत गरेको छ ।

समाजमा जनचेतना, महिला जागरण, सिपमुलक तालिम सञ्चालन गर्नुका साथै सरसफाईमा समेत अभियान छेड्दै आएको उक्त महिला समुहलाई अझ सक्रिय भएर रचनात्मक कार्य गर्न कार्यक्रमका वक्ताहरुले जोड दिए । जनज्योति महिला समुहकी अध्यक्ष अमृतादेवि कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष चमेली कुवँर केसीको सञ्चालन रहेको थियो ।

Comments

comments

Comments are closed.