छोटो लुगा लगाएर हिड्न मन त छ तर समाजले दिँदैन

  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ। बोल्ड नायिकाको छवि बनाएकी सुरवीना कार्कीलाई धेरैले हट एण्ड सेक्सी भन्ने गरेको पाईन्छ । उनी पर्दा र पर्दा बाहिर दुवै ठाउँमा हट एण्ड सेक्सी नै देखिन्छिन् । अझै उनले गराएका फोटोशुटहरुमा त उनी निकै कामुक हुन्छिन् ।

छोटो ड्रेसमा रमाउने सुरवीनाले हालै मात्र एक यु ट्युब च्यानललाई अन्र्तवार्ता दिँदै आफ्नो छोटो लुगा प्रतिको मोहको बारेमा केही कुराहरु सेयर गरेकी छिन् । कुराकानीका क्रममा उनले आफूलाई अरुले हट एण्ड सेक्सी भन्दा राम्रो लाग्ने बताएकी छिन् ।

हट हुनलाई के गर्नुपर्छ भन्ने प्रश्नमा छोटो लुगा लगाउँदैमा मात्रै हट भईँदैन र त्यसको लागि धेरै कुराहरु क्यारी गर्नुपर्छ । कन्फिडेन्ट हुनुपर्छ । आफूले आफ्नो डे्रसहरुलाई कसरी क्यारी गरिरहेको छु भन्ने कुरालाई ध्यानमा राखेपछि बल्ल हट भईन्छ भन्ने उनको भनाई छ ।
surabina-karki-hot
जम्पर लगाएर अन्र्तवार्ता दिईरहेकी उनले आफूलाई क्याजुअल,छोटा लुगाहरु लगाएर बाहिर हिड्न मन लाग्ने तर नेपाली समाजले छोटा लुगामा बाहिर हिड्दा नानाथरी कुराहर गर्ने, नराम्रो दृष्टिले हेर्ने बताईन् । छोटो लुगालाई नेपाली समाजले अनुमती नदिएको र यसमा आफूलाई दुख लागेको उनको भनाई छ ।

छोटो लुगामा रमाउने उनको एक मनले समाजको वास्ता नगरी छोटो लुगामा रमाउ भन्छ तर अर्को मनले भने हैन समाज र परिवारलाई वास्ता गर्नुपर्छ भन्छ रे ।सुरवीनाले चर्खा लुकामारी लगायतका सिनेमामा काम गरेकी छिन् । -फर्सी नेटवर्कबाट

Comments

comments

Comments are closed.