छिमेकीको इसारामा प्रधानमन्त्रीको राजिनामा : एमाले नेता ज्ञवाली

  •  
  •  
  •  
  •  
  •  

अनिल खत्री
गुल्मी जेठ १५ । नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले छिमेकीको इसारामा प्रधानमन्त्रीको राजिनामा आएको बताएका छन् । सोमवार गुल्मीको रुरु गाउँपालिकाको ग्वादीमा सम्पन्न चुनावी कार्यक्रममा बोल्दै नेता ज्ञवालीले प्रधानमन्त्री प्रचण्डले राजनितिमा देखिएको इमान्दारीताको खडेरी मेटन भन्दै दिएको राजिनामा केवल छिमेकी मुलुक भारतको यिसारामा भएको बताए ।

प्रचण्ड सरकार अपबित्र गठबन्धन गरेर अघि बढे्यो नेता ज्ञवालीले भने ‘बर्तमान सरकारले सत्ताको निम्ती जे पनि ग¥यो’। सरकारमा रहेका गठबन्धनले अझैपनि चुनाव गर्न चाहेका छैनन् उनले भने ‘त्यसको प्रतिवाद एमाले गर्छ, चुनाव भएरै छोडछ’ । मधेसी दलहरुलाई देखाएर सरकार आफै चुनाव गर्ने पक्षमा नभएको नेता ज्ञवालीलको भनाई छ ।
सरकारमा बसेर सत्ता र पैसाको खोलो बगाएर चुनाव गर्दा समेत नतिजा हात नपरेपछी प्रचण्डकै डिजाइनमा षडयन्त्र पुर्वक भरतपुरमा मतपत्र च्याथ्ने काम भएको आरोप लगाए । एमालेको पक्षमा जनलहर छ नेता ज्ञवालीले भने ‘केन्द्रमा एमाले प्रदेसमा एमाले गाउँमा एमाले हँुदैछ’ ।
पुर्व मन्त्री समेत रहेका ज्ञवालीले केपी ओलीको सरकारले राखेका योजनाहरुबाट बिरोध गर्नेहरु ऐले आफ्नै घोषणा पत्रमा राखेर एमालेकै लाइनमा उभिन बाध्य भएको बताए । एमालेलाई भोट दिनेलाई सम्मान गर्छ त्यो कामले देखाउछ नेता ज्ञवालीले भने ‘ऐले एमालेको पक्षमा जनलहर छ, हामी पाँच वर्षमा यो मुलकलाई कायापलट हुने गरि बिकासका सुन्दर योजनाहरु ल्याउने छौं’ ।
चुनावको बेला पानि ल्याउछौ, बाटो ल्याउछौं भन्दै खोक्रा बिकासे नाराको पछी नलाग्न आग्रह गरे । उनले अरुले भन्दै हिडछन् एमालेले काम गर्दै हिडछ त्यसैले पनि एमालेलाई बिजयी गराउनु पर्ने जोड दिए । नेता ज्ञवालीले पहाड र मधेसलाई जोडने काम एमाले गर्ने बताए ।

Comments

comments

Comments are closed.