छब्बीस वर्षे युवा बने वडा अध्यक्षको उम्मेदवार

  •  
  •  
  •  
  •  
  •  

अनिल खत्री
गुल्मी जेठ २२ । दोस्रो चरणमा हुने स्थानिय निर्वाचनमा गुल्मीमा २६ वर्षिय युवा उम्मेदवार बनेका छन् । मालिका गाउँपालिकाको वडा नम्बर ६ बाट उम्मेदवार बनेका शोभाखर गिरी सम्भवत जिल्लाकै कान्छा र युवा उम्मेदवार हुन् । नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका गिरी अनेरास्वबियु गुल्मीका जिल्ला सहसंयोजक थिए ।

बिद्यार्थी कालबाटै राजनीतिमा होमिएका गिरी वडा अध्यक्षको उम्मेदवार पाएसगै चुनावी प्रचारमा जुटेका छन् ।
बिद्यार्थी जिवनबाटै राजनितिक यात्र उत्कर्षमा पुर्याउन म संघर्षको मैदानमा छु गिरीले भने ‘वडा अध्यक्षमा जिते सुन्दर बिकासका योजनाहरु ल्याउने सोच लिएको छु ।’ बिद्यार्थी जिवनमा राजनितिक यात्रामा थिए उनले भने ‘पार्टीले जिम्मेवारी दियो कुशलता पुर्वक पुरा गर्ने अठोट लिएको छु ।’
“यो स्थानिय चुनाव युवाको निम्ती स्वर्णिम अबसर हो हामी नेतृत्वमा आउनु भनेको परिर्वतन ल्याउनु हो”, उनले भने ‘युवामा नयाँ जोस सगै नयाँ योजना हुन्छन् ति युवाले नै पुरा गर्दछन् ।’ युवा जोस सगै मेरो जिवनको सबै यात्रा सामाजिक कार्यमा बिताउने अठोटका साथ आफु चुनावी मैदानमा उत्रिएको उनले बताए ।
चुनावी अभियानमा घरदैलोमा भोट माग्न पुगेका गिरीले युवाबाट नयाँ योजनाहरु देख्न र परिर्वतनको अबसरहरु ल्याउन दिन आफुलाई जिताउन भन्दै मत माग्ने गरेका छन् ।

Comments

comments

Comments are closed.