चुनावी भाषणमा हिड्ने शिक्षकलाई कार्वाही गरिने

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, चैत्र–१६ । निर्वाचन आचार संहिताको धज्जी उडाउँदै गुल्मीका केहि शिक्षकहरु आ–आफ्नो राजनैतिक दलको चुनावी प्रचार अभियानमा पुगेर भाषण गरी रहेको सम्वन्धमा जिल्ला शिक्षा कार्यालयको ध्यानकृष्ट भएको जनाईएको छ ।

तपाईले त सक्रिय राजनीति गर्ने सरकारी शिक्षकहरुलाई कार्वाही गर्छु भन्नु भएको थियो तर तिनै शिक्षकहरुले अहिले ठाउँ ठाउँमा नेताले भन्दा कडा चुनावी भाषण छाँड्दै हिडेका छन त ? भन्ने प्रश्नमा जिल्ला शिक्षा अधिकारी मित्रमणी खनालले त्यसवारे कार्यालयको गम्भीर ध्यानकृष्ट भएको बताए ।
उनले सरकारी शिक्षकहरुले भाषण गरेको स–प्रमण सहित सम्वन्धीतका विरुद्ध उजुरी परे कार्वाही गरिने बताए । उनका अनुसार निर्वाचन आचर संहितामा सरकारी शिक्षकले चुनावी सभामा भाषण गर्न पाईदैन् । भाषण गरेको पाईए निर्वाचन आयोगमा जो कोही नागरिकले तस्वीर वा भिडियो सहित उजुरी दिए डेढ देखि दुई लाख सम्म जरिवाना लगायतको कार्वाही हुने छ ।
गुल्मीका सामुदायिक विद्यालयका केहि शिक्षकहरुले चुनावी सभामा पुगेर आफु निकट राजनैतिक दलका पक्षमा वाकलत गरी रहेका छन भने विपक्षी पार्टी विरुद्ध दलका नेता भन्दा एक कदम अडागी बढेर खनिदै आएका छन् । केहि सामुदायिक विद्यालयका शिक्षकहरु चुनावी सभामा पुग्दा विद्यार्थीको पठन पाठनमा बाधा पुगेको सम्वन्धीत विद्यालयका शिक्षक अभिभावकहरुले बताएका छन् ।
सक्रिय राजनैतिक पदधारण गर्ने सामुदायिक विद्यालयका १३ जना शिक्षकहरुलाई कार्वाही गरिएको जिशिअ खनालले बताएका छन् । ति शिक्षकहरुलाई राजनीति गर्ने भए जागिर छोड्न निर्देशन दिए पछि राजनैतिक दलहरुबाट आफुलाई ठुलो दवाव आएको समेत जिशिअ खनालले दुखेसो गरे ।
उच्च शिक्षा हाँसिल गरेर पनि वेरोजगारीको समस्याबाट आक्रोषित युवाहरुले अव सरकारी शिक्षक चुनावी भाषणमा देखिए ढुङ्गा हान्ने सम्मको चेतावानी दिएका छन भने राजनैतिक दलमा सक्रिय राजनीति गर्ने युवाहरुले त्यस्ता शिक्षकहरुलाई निर्वाचन आयोगमा उजुरी दिने बताएका छन् ।
जनताको करबाट तलव खाने शिक्षकहरुले चुनावी सभामा भाषण छाँट्दै विद्यार्थीहरुको पढाईमा बाध पुराए विद्यार्थी संगठन र जनस्तरबाट समेत दवाव दिईनु पर्ने अनेरास्ववियु गुल्मीका संयोजक राजेन्द्रविक्रम कुँवरले बताए । उनले यो विषयलाई जोडका साथ उठाउन सञ्चार माध्यमलाई आग्रह गर्दै आफ्नो संगठनको साथ रहने बताए ।

Comments

comments

Comments are closed.