चुनावी फाईदा लिन विरामीलाई सहयोगको प्रचार

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, बैशाख २५ । गुल्मीका विविन्न गाउँमा आर्थिक अभावका कारण उपचार हुन नसकेका विरामीहरु माथी विभिन्न राजनैतिक दलले चुनावी राजनीति गर्न थालेको पाईएको छ । विरामी र अन्य विपदमा परेका मानिसहरुले सञ्चार माध्यम मार्फत सवैसंग सहयोगको अपिल गरेर देश विदेशबाट सहयोग जुटे पछि त्यो सहयोग आफ्नो प्रयासले भएको भन्दै विभिन्न राजनैतिक दलले चुनावी प्रचार गरेको पाईएको हो ।

गुल्मीको भनभनेमा आमाको मृत्यु भए पछि विपदमा परेका दुई वहिनीहरुको विपदको खवर सञ्चार माध्यमको विशुद्ध धर्म निभाई रेडियो कार्यक्रम ओझेलका खवरले प्रशारण गरेको थियो । प्रशारण भए लगत्तै झण्डै १० लाख रुपैयाँ उनिहरुलाई सहयोग संकलन भई सकेको छ ।
तर त्यो सहयोग आफ्नो पार्टी र आफु व्यक्तिको प्रयासमा भएको भन्दै चुनावी फाईदा लिन उनिहरुको घरमा जाने गरेको ति दुई वहिनीहरुले गुनासो गर्दै आएका छन् ।
त्यस्तै ओझेलका खवर मार्फत सहयोग जुटेर लाभान्वित भएका जिल्लाका अन्य स्थानका पिडितहरुमा पनि विभिन्न राजनैतिक दलले निकृष्ट प्रकारको राजनैतिक गर्न खोजेको प्रति ओझेलका खवर युनिटले खेद प्रकट गरेको छ ।
जो जसलाई सहयोग भएको छ त्यो सहयोग यस गुल्मी न्युज डटकम र ओझेलका खवर प्रशारण हुने रेडियो र टेलिभिजनको प्रभावबाट भएको छर्लङ्ग छ । यसर्थ चुनाव ताका कुनै पनि राजनैतिक दलले त्यस्तो खालको प्रचार नगर्न र सम्वन्धित पिडितले पनि उनिहरुको कुराको विश्वास नर्गन ओझेलका खवर युनिटले अनुरोध गरेको छ ।

प्रचारको खेती प्रति बिक परिवारको खेद
त्यस्तै ईस्मा गाउँपालिका वडा नम्वर–२ हस्तीचौरका शिवलाल बिक विरामी परेको र उनलाई विभिन्न राजनैतिक दलले सहयोग गरेको भन्ने कुरा झुटो भएको उनका परिवारजनले बताएका छन् । हस्तीचौरको हर्पुकोट गाउँका शिवलाला बिक यति वेला विर अस्पतालमा उपचार गर्दै छन् ।
उनलाई हस्तीचौर घर भई काठमाण्डौंमा वस्ने नेकपा माओवादी केन्द्रका कार्यकर्ता रामकुमार विष्ट , नेकपा एमाले हस्तीचौरले सहयोग संकलन अभियानमा जुटेको भन्ने समाचार झुटो र निकृष्ट खालको चुनावी प्रचार मात्रै भएको विरामी बिकका दाजु भिमबहादुर बिकले बताए ।
‘शिवलालको उपचार खर्च परिवारले नै जुटाएको हो , विरामीका दाजु बिकले भने–‘हामी कुनै पनि राजनैतिक दल र व्यक्ति संग सहयोगको हात फैलाएका छैनौं तर हाम्रो नाममा गरिएको चुनावी प्रचार प्रति हामी खेद् प्रकट गर्दछौं ।’
उक्त बिश्वकर्मा परिवारले शिवलालको उपचार गर्न आफुहरु नै सक्षम रहेको बताउँदै उनका नाममा कुनै पनि राजनैतिक दल सहयोग माग्न आए नदिन समेत अनुरोध गरिएको छ ।
त्यस्तै नेपाली कांग्रेस हस्तीचौरका सभापति चुराबहादुर खत्रीले पनि आफुले त्यस गाउँका विभिन्न दलित र पिडितहरुलाई सहयोग गर्दै आएको प्रचार गर्दै आएका छन् । नेकपा एमालेबाट ईस्मा गाउँपालिकाकी उप प्रमुखकी उमेदवार विमला केसीले पनि बिकको उपचारका लागि सहयोग संकलन अभियानमा जुटेको बताउँदै आएकी छन् ।
यसरी चुनाव ताका कुनै पनि दलले कुनै पनि पिडितलाई पार्टीका नाममा सहयोग संकलन अभियानमा नजुट्न अनुरोध गरिएको छ । अघि पछि राजनैतिक दलका कतिपय नेता , कार्यकर्ताहरु विरामी र अन्य विपदमा परेकाहरु कहाँ सहानुभुति प्रकट गर्न समेत नजाने तर यो चुनाव ताका भने सहयोगको हात बढाउनु भनेको गोहीका आँशु बगाउनु जस्तै भएको पिडितहरुले टिप्पणी गरेका छन् ।

Comments

comments

Comments are closed.