चुनावमा मधेशी दल नआए जनताले लखेट्छन्ः नेता बिष्ट

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, २० चैत्र । चुनावी अभियानका लागी गुल्मी आएका एमाले सचिव गोकर्ण बिष्टले स्थानिय तहको चुनावमा मधेशवादी दल सहभागी नभए उनिहरुलाई जनताले लेखेट्ने चेतावानी दिएका छन् । बैशाख ३१ मा चुनाव हुँदैन भन्ने आशंका त्याग्न कार्यक्रर्तालाई आग्रह गरेका छन् । उनले चुनाव बिरोधी अभियान मधेशमा धेरै भैरहनुको अर्थ राष्ट्र र राष्ट्रियता खतम पार्नु रहेको आरोप समेत लगाए ।

‘सहमति र सहकार्यका माध्यमबाट चुनावमा मधेशी दल नआए जनताले लखेट्ने छन् –उनले भने –त्यस्ता केहि शक्तिहरु चुनाव बिरुद्धमा सल्बलाई रहनुको अर्थ छैन् । ’
नेकपा एमाले जिल्ला कमिटी गुल्मीको नगर तथा गाउँपालिकाको घरदैलो अभियान अन्तरगत भनभने, पुर्कोटदह, अग्लुङ, सिर्सेनी, बाँझकटेरी, मलायागिरी र म्यालपोखरीमा संबोधन गर्दै उनले यस्तो बताएका हुन ।
नेता बिष्टले एमालेको मेचि महाकाली अभियान तथा राष्ट्रियताको मुद्धा प्रति जनतामा एमाले मोह पलाएको उनको दावि थियो । स्थानीय तहको चुनावलाई लक्षित गरेर १० दिने अभियानका लागी जिल्ला आएका सचिव बिष्टले विभिन्न ठाउँका आमसभाको संबोधन गर्दै घरदैलो अभियान संचालन गरीरहेका छन् । अभियानकै क्रममा भनभने २०, पुर्कोट ५६, म्यालपोखरी ८७, अग्लु ६५, सिर्सेनी १९, बाँझकटेरी, २७ जना विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेको प्रेस चौतारीका जिल्ला अध्यक्ष शिव सुवेदीले बताए ।

Comments

comments

Comments are closed.