चितुवा आतंक बढेपछी वनकार्यलयको टोली प्रभावित क्षेत्रमा

  •  
  •  
  •  
  •  
  •  

अनिल खत्री
गुल्मी भदौ ५ । गुल्मीको अमर अर्बाथोक गाबिसको वाड नम्बर २ गौरिपोखरा र वाड नम्बर ३ रानाटोलामा बिगत एक महिनादेखि चितुवाको आतंक फैलिएको खबर सार्बजनिक भएपछी जिल्ला वन कार्यालय गुल्मीले उक्त क्षेत्रमा अनुगमन सगै अन्तरक्रिया गरेको छ । baghale-2बढिरहेको चितुवा आतंक कम गर्ने उद्देश्यले वन कार्यालय गुल्मीले अमर अर्बाथोक गुल्मीका चितुवा बाट बढी प्रभावित वडा नम्बर १देखि ५ वडाका स्थानीय पीडित र जिल्ला वन कार्यालय गुल्मी बिच अन्तरक्रिया गरिएको थियो । अन्र्तक्रियामा जिल्ला वन कार्यालय गुल्मीका जिल्ला वन अधिकृत बिशाल घिमिरेले चितुवा भनेको कस्तो जनावर हो यसले कसरी आक्रमण गर्छ भन्ने जानकारी गराएका थिए । वन अधिकृत घिमिरेले अहिले भैरहेको चितुवा बाट घरपालुवा जनावरको आक्रमण लाई न्यूनीकरणका लागि प्रभावित क्षेत्रमा चेतनामूलक कार्यक्रम गर्ने बताएका थिए ।
वन अधिकृत घिमिरेले चितुवा आतंकबाट भएको क्षेतिपुर्ती, राहत लिने बारे प्रक्रियाको जानकारी गराएका थिए । चितुवाले मानिसमा समेत आक्रमण गर्न सक्ने तर्फ विशेष ध्यान दिन वन अधिकृत घिमिरेले स्थानियलाई आग्रह गरेका थिए । अन्तरक्रियामा वडा प्रतिनिधि भिम प्रसाद कडेलले अमर अर्बाथोकका १देखि ५ वडामा बिगत एक महिना देखि दिनहुुँ जसो आक्रमण गर्दा हाल सम्म चितुवाले ५० भन्दा बढी बाख्रा, एउटा जर्सी गाइको बच्चा र ३० वटा भन्दा बढी कुखुरा घर गोठमा baghale-3दिउँसोको समयमा प्रवेश गरि मारेको बताए । कडेलका अनुसार कक्षा ९ मा अध्यनरत छात्रा गोठमा जादा चितुवा देखि डराएर बेहोस भएकोले उनलाइ हाल भैरहवामा उपचार भइरहेको बारे जानकारी दिए । स्थानियले चितुवा आतंक बढिरहेकोले मान्छेमा समेत आक्रमण हुन सक्ने भएकोले तत्काल ठोस योजना ल्याउन जिल्ला वन कार्यालय गुल्मिलाइ आग्रह गरेका छन् । अहिले उक्तक्षेत्रमा दिउँसोको समयमा बाटोघाटो मै चितुवा हिड्ने गरेकोले मानिस हिड्डुल गर्न विद्यार्थीहरु बिद्यालयमा जान घाँस दाउरा गर्न निकै समस्या भएको स्थानिय स्थानीय समाजसेवी बाबुराम पन्तले बताए ।

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *