चितवनबाट अब सिधै गुल्मीकोसम्म बस सेवा सुरु

  •  
  •  
  •  
  •  
  •  

चितवन, वैशाख ८ । चितवनबाट अब सिधै गुल्मीसम्म बस सेवा संचालनमा आएको छ । गुल्मी यातायात बस व्यवसायी संघले यही वैशाखदेखि भरतपुरको धर्मचोकबाट गुल्मीको वामीटक्सार काँडेवाससम्म यात्रा गर्न सहज होस् भनेर बस संचालनमा ल्याएको हो ।

सो बस भरतपुरको धर्मचोक, यज्ञपुरी, टाईगर चोक, क्यान्सरगेट, कटहर चोक, चौविसकोठी, गैंडाकोट हुँदै बुटवल, पाल्पा, रिडी, खैरहनी, मजुवा, इन्द्रेगौडा, भुवाचिडी, वामीटक्सार, अर्लाङकोट, काँडेवाससम्मका पुग्ने गुल्मी यातायात व्यवसायी संघका सदस्य अरुण कक्षपतिले जानकारी दिनुभयो ।

सो क्षेत्रका लागि हाल ४ वटा बस संचालनमा ल्याएको बताउनुभयो । ३२ सिटको सुविधासम्पन्न सो बस संचालन भएपछि गुल्मीसम्मको लागि आवात जावत गर्न सहज भएको कटहर चोक निवासी कृष्णहरि सापकोटाले बताउनुभयो । गुल्मीबाट चितवन बसाई सरी आउने क्रम पनि बढ्दो छ । भरतपुरबाट सो बस विहान ६ः३० बजेबाट छुट्ने भएकाले यात्रुहरुलाई समयमै गन्तव्य पुग्न सहज बनेको धर्मचोक निवासी विक्रम सापकोटाले बताउनुभयो ।

Comments

comments

Comments are closed.