चन्द्र भण्डारीको यसपालिको ‘दशैं’ बलिथुमका सिमान्तकृत ‘माझि समुदाय’ संग

  •  
  •  
  •  
  •  
  •  

विशाल भट्टराई
गुल्मी, २२ असोज – कांग्रेस केन्द्रीय सदस्य तथा गुल्मी क्षेत्र नम्बर दुईका सभासद चन्द्र भण्डारीले गुल्मीको खोला तथा नदी किनारमा बस्दै आएका माझी समुदायसँग यसपालीको दशैं मनाउने भएका छन् ।

chandra bhandari in bbc sajha sawalबलिथुमलाई मुख्य थलो बनाएर बसेका सिमान्तकृत माझी समुदायसँग उनले दशैं मनाउन लागेका हुन् । ७३ घरपरिवार माझीसँग यसपालीको दशैं मनाउनको लागि शुक्रबार काठमाडौंबाट गुल्मी आइपुगेको उनले जानकारी दिए । ‘७३ परिवारमा तीन सय ७३ माझीहरू छन्, यसपालीको दशैं उनीहरूसँगै मनाउँछु,’ उनले भने, ‘राजनीति भनेको अभिभावकत्व पनि त हो नि ।’

हुँगाका स्थायी बासिन्दा भण्डारीले यसपाली आफू घर नजाने र माझी समुदायसँगै बसेर दशैं मनाउने बताए । ‘मेरा बाबु आमाका अरु छोरा छोरी पनि छन्, तर उनीहरुका कोही छैनन्,’ उनले भने, ‘त्यसैले उनीहरूसँगै दशैं मनाउँछु ।’ उनले माझी गाउँ मै बसेर टिको टालो गर्ने, दक्षिणा दिने, खानपिन गराउने कार्यक्रम रहेको बताए ।

दशैंको दिन सहित पूर्णिमा सम्म नै उनीहरुसँगै बस्ने उनले बताए । उनले उक्त समुदायमा विगत देखिनै सहकार्य गरिरहेका छन् । उनले आफ्नो तलबबाट उक्त गाउँका स्कूले विद्यार्थीलाई कापी, कलम र पोशाक लगायतका सामग्री उपलब्ध गराउँछन् । त्यस्तै सोही गाउँमा माझीहरुकै लागि भनेर खोलिएको विद्यालयमा पनि उनले विभिन्न सामग्रीहरु उपलब्ध गराउँदै आएका छन् । ‘माझी गाउँ मेरो अर्को घर हो,’ उनले भने, ‘माझी गाउँमा सधै केही नयाँ गर्ने सोँचीरहेको हुन्छु ।’

Comments

comments

Comments are closed.