घरेलु वस्तु एउटै छाता मुनी

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी , साउन–२७ । अव देखि गुल्मीको सदरमुकाम तम्घासमा एउटै छाता मुनी घरेलु उत्पादन र प्रयोगका सवै वस्तु किन्न पाईने भएको छ । विहिवार भव्य समारो विच उद्घाटन गरिएको कोसेलीघर सहकारी संस्था लिमिटेडको स्वरुममा त्यस्तै सवै प्रकारका वस्तु पाईने भएको हो ।
गुल्मीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले उद्घाटन गरेको कोसेलीघर स्वरुम तम्घासको पुतली वजारमा रहेको छ । त्यहाँ उत्पादित वस्तुहरुको अवलोक गर्दै प्रमुख जिल्ला अधिकारी राना मगरले गुल्मीमा धेरै प्रकारका कच्चा पदार्थहरु रहेको आफुलाई पहिल्लै देखि जानकारी भएको र ति कच्च पदार्थहरुलाई सदुपयोग गरेर घरेलु प्रयोगका वस्तुहरु वनाएर सरल वजार व्यवस्था मिलाएकोमा आयोजक संस्थालाई धन्यवाद दिनु भएको थियो । उहाँले घरेलु वस्तु उत्पादनका लागि घरेलु तथा साना उद्योग ज्ञज्ञविकास समितिले खेलेको भुमिका प्रति धन्यवाद समेत दिनु भएको छ । कार्यक्रममा स्थानिय विकास अधिकारी डिलाराम पन्थीले पनि मन्तव्य राख्नु भएको थियो ।
उद्घाट भए लगत्तै त्यस सो रुममा ग्राहकहरुको भिड लागेको थियो । प्रमुख जिल्ला अधिकारी राना मगरले पनि सेरामिक्सका आकर्षक वस्तुहरु किन्नु भएको थियो । सो संस्थाका अध्यक्ष श्यामकुमार पाण्डेले जाम जुस देखि चुक अचार सम्म र कुचो देखि दराज सम्मका सवै घरेलु वस्तुका अलवा हाम्रै गाउँमा उत्पादित सुईटर कपडाहरुको उचित वजार व्यवस्थापन गर्न घरेलु तथा साना उद्योग विकास समिति , गुल्मी उद्योग वाणिज्य संघ, जिल्ला विकास समिति लगायतका संस्थाहरुले खेलेको भुमिका प्रति आभार प्रकट गर्नु भएको थियो । कोसेली घरका कोषाध्यक्ष विरबहादुर कार्कीका अनुसार ३८ जना शेयर सदस्यहरुबाट १० लाखको लागतमा सञ्चालन गरिएको हो ।
कोसेलीघरका अध्यक्ष श्यामकुमार पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव हरिप्रसाद पाण्डेको सञ्चालन रहेको थियो ।

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *