घरेलु तथा साना उद्योग विकास समितिद्धारा बजेट तथा कार्यक्रम सार्वजनिक

  •  
  •  
  •  
  •  
  •  

टोपलाल अर्याल
गुल्मी, कार्तिक २ गते । घरेलु तथा साना उद्योग विकास समितिले आर्थिक बर्ष ०७३÷७४ को स्वीकृत बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । जिल्ला विकास समितिको हलमा आयोजित कार्यक्रममा कार्यालय प्रमुख बरिष्ट उद्योग अधिकृत कृष्ण प्रसाद पोख्रेलले स्वीकृत कार्यक्रम र बजेटको बारेमा सरोकारवालाहरुलाई जानकारी गराउनुभएको थियो ।gharelu-1
पुजिगत कार्यक्रम तर्फ उद्यमीहरुका लागी उपयुक्त प्रविधी हस्तान्तरण, जिल्ला स्तरमा लघु तथा साना उद्यमीहरुलाई प्रविधी हस्तान्तरण, तथा फर्निचर खरिद कार्यक्रम स्वीकृत भएर आएको छ । त्यस्तै चालु बजेट तर्फको कार्यक्रमहरुमा उद्यमी सिजृनाका लागी उद्यमी विकास तालिम, उद्योग प्रर्वधन तालिम, स्थापन्न उद्यमीहरुको स्तरउन्नोती कार्यक्रम, परम्परागत उद्यम प्रर्बधन कार्यक्रम स्वीकृत भएर आएको छ ।
त्यस्तै सीप विकास तथा रोजगार कार्यक्रम, युवा उद्यामशिलता तथा औदोगिक जनशक्ति विकास कार्यक्रम, उद्यमशिलता विकास तथा क्षमता अभिवृति कार्यक्रम, प्रगती समिक्षा तथा प्रकाशन, पुर्व प्रशिक्षर्थी अन्तरक्रिया कार्यक्रम, प्राविधिक परामर्श तथा औद्योगिक सचेतना कार्यक्रम, सेरामिक्स वस्तु विकास कार्यक्रम। औद्योगिक प्रर्दशनी मेला महोत्सव, उद्योग दिवस तथा अनुगमन एवं निरिक्षण कार्यक्रम गरी ८४ लाख ८० बराबरको कार्यक्रम यो आर्थिक बर्षमा स्वीकृत भएर आएको बरिष्ट अधिकृत पोख्रेलले जानकारी दिनुभयो ।
gharelu-2त्यस्तै गरिवी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम अन्तरगत पनि ५४ लाख ७० हजार बराबरका विभिन्न कार्यक्रम स्वीकृत भएर आएको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख पोख्रेलले कार्यक्रमहरु सम्पन्न गर्न सहयोग गर्ने सम्पुर्णमा धन्यबाद व्यक्त गर्नुभयो । कार्यक्रममा उपस्थित नकपा माओवादी केन्द्रमा सुर्दशन बराल, नेकपा एमालेका मधुकृष्ण पन्त, नेपाली कांग्रेसका प्रकाश भलामीको सहभागीता रहेको थियो ।
त्यस्तै राप्रपा नेपालका अनिल कक्षपति, राप्रपाका टोप बहादुर बस्नेत, अखण्ड पार्टी नेपालका नेत्र बस्नेत, नेपाल परिवार दलका पशुपति पाण्डेय, नयाँशत्ति नेपालका जनक पन्त लगायतका राजनितिक दलका प्रमुख एवं प्रतिनिधी, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुखहरुको सहभागीता रहेको थियो । उनीहरुले उद्यमीहरुलाई सिद्धान्त घोकाउने भन्दा पनि व्यावहारिक तालिम र उत्प्रेरणा प्रदान गरि अर्थोपार्जनमा सहभागी बनाउन आग्रह गर्नुभयो ।
कार्यक्रमका अध्यक्ष स्थानीय विकास अधिकारी डिलाराम पन्थीले उद्यमीहरुले उद्यम शुरु गर्ने बित्तिकै बढि मुनाफाको अपेक्षा राख्दा निराश र हतोत्साहित बन्ने गरेको बताउनुभयो । उहाँले एक व्यक्तिले अनेक उद्यममा हात राख्दा सवै उद्यमबाट असफल हुने प्रवृति रहेकाले लगनशिल भएर उद्यममा लागे आशातित सफलता मिल्ने भनाई राख्नुभयो ।

Comments

comments

Comments are closed.