ग्वालीचौरमा भब्य सास्ँकृतिक कार्यक्रम शुरु, भलिबलमा ४२ समुहको सहभागीता

  •  
  •  
  •  
  •  
  •  

प्रकाश घिमिरे, अनिश शर्मा गैरे
वामी । थानापती समाजकल्याण संस्था ग्वालीचौर ८ दाँग बाग्लुङ्ले आफ्नो १९ औ बार्षिकोत्सब तथा आउँदै गरेको बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा आयोजना गरेको बिबिध खेलकुद, मनोरञ्जनात्मक सास्ँकृतिक कार्यक्रम आजबाट शुरु भएको छ ।
आज भएको उद्घाटन कार्यक्रममा संस्थाका अध्यक्ष चक्र बुढाको अध्यक्षता रहेको थियो भने क्लबका सल्लाहकार नारायण पौडेलको प्मुख आतिथ्यता रहेको थियो । आज पहिलो दिन आयोजक समुह सी र बाग्लुङको बल्गास युवा क्लब बिच भलिबल प्रतियोगीतामा प्रतिस्पर्धा भएको छ भने आयोजक समुह बिजयी भइ टाइसेटमा प्रबेश गरेको छ । भलिबल खेलमा ४२ समुहको सहभागीता रहेको संस्थाका सचिब चिरञ्जिवी घिमिरेले जानकारी दिनुभयो ।
संस्थाका अध्यक्ष चक्र बुढाले दिएको जानकारी अनुसार भलिबल, रेकर्ड डान्स, अभिभाबहक कुर्सी दौड प्रतियोगीता, घैटोफोर लगायतका कार्यक्रमहरुको आयोजना गरिएको छ । जस मध्ये भलिबल प्रतियोगीताको लागि प्रथम पुरस्कार १६ हजार रनिँग कप, प्रमाणपत्र रहेको छ भने द्धितीय पुरस्कार ११ हजार मेडल, प्रमाणपत्र तथा तृतिय पुरस्कार ३ हजार मेडल र प्रमाण पत्र रहेको छ ।
कार्यक्रमको उद्धेश्य युवाहरुलाई खेल क्षेत्रमा सक्रिय बनाउनुका साथै स्थानीय तथा नवदित कलाकारहरुलाई प्रात्साहन गर्नु रहेको बताइएको छ । कार्यक्रममा कलाकारहरु मनोज घिमिरे, छबि राकसकोटी, कल्पना परियार लगायतका कलाकारहरुले सास्ँकृतिक प्रस्तुती देखाउने कार्यक्रमका आर्थिक संयोजक राम प्रसाद घिमिरेले जानकारी दिनुभयो ।
यो कार्यक्रम आयोजना गर्नको लागि संस्थाको लागि स्वदेश तथा बिदेशमा रहेका बिभिन्न ब्यक्तिहरुद्धारा करिब ३ लाख बराबरको सहयोग प्राप्त भएको संस्थाका सचिब चिरञ्जिवी घिमिरेले जानकारी दिनुभयो । यसरी संकलित रकम सामाजिक बिकासका कार्यहरुमा प्रयोग गरिने सचिब घिमिरेको भनाइ रहेको छ । २०५४ सालमा स्थापना भएको यस क्लबले समाजको हितका लागि पनि कामहरु गर्दै आएको छ । यसै संस्थामा आबद्ध युवाहरुले केही दिन अगाडी मात्रै करिब ५ महिना देखी अवरुद्ध बिद्युत सञ्चालनमा ल्याएका थिए ।
आज भएको कार्यक्रममा संस्थाका सचिब घिमिरेको स्वागत मन्तब्य रहेको थियो भने क्लबका सदस्य झम बहादुर रास्कोटीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा सयौ स्थानीयहरुको उपस्थिती रहेको थियो ।

गुल्मी जिल्लाको हरेक स्थानिय तहको चुनावी अप्डेट छिन-छिनमा पाउनको लागि गुल्मीन्युजको पेज लाईक गर्नुहोला ।
(यदी पहिले नै लाइक गर्नु भएको छैन भने मात्र)

Comments

comments

Comments are closed.