ग्वालीचौरमा एम्बुलेन्स अभियान, ५ दिनमा ६ लाख रुपैँया संकलन

  •  
  •  
  •  
  •  
  •  

अनिश शर्मा गैरे
वामी । समाज सेवा नै मानव धर्म हो भन्ने मुल नाराका साथ बाग्लुङ्को ग्वालीचौरमा सञ्चालित एम्बुलेन्स अभियानमा आर्थिक सहयोग बढ्दै जान थालेको छ ।
ग्वालीचौर समाज कल्याण केन्द्रद्धारा सञ्चालित अभियानमा पाच दिनको अवधिमा ६ लाख आर्थिक सहयोग संकलन भएको क्लबका संयोजक प्रदिप खरेलले जानकारी दिनुभयो । आफ्नो गाँउ ठाउको बिकासको लागि आफै लाग्नुपर्दछ भन्ने मुल मान्यता राख्दै उनीहरु यस अभियान शुरु गरेका हुन । बर्सेनी एम्बुलेन्स नभएकै कारण ज्यान गुमाउन बाधय स्थानीयहरुको समस्यालाई मध्यनजर गर्दे यस्तो अभियान शुरु गरिएको केन्द्रका अध्यक्ष रामशरण घिमिरेले जानकारी दिनुभयो । अभियानको लागि मुख्य रुपमा आर्थिक आबश्यक पर्ने र आर्थिक संकलन अभियान भब्य रुपमा सञ्चालन गरिएको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । समाजले अहिले आफ्नै नेतृत्वमा सहयोग संकलन कार्य अगाडी बढाउने र बिदेशमा साथीभाइ तथा केन्द्रमा आबद्ध ब्यक्तिहरुलाई जिम्मेवारी प्रदान गरिएको क्लबका संयोजक प्रदिप खरेलले जानकारी दिनुभयो ।
साथै केन्द्रले सम्पुर्णहरुहरुमा सहयोग गर्न आग्रह समेत गरेको छ ।
उहँँका अनुसार देश तथा बिदेशमा आर्थिक संकलन गर्नको लागि बिभिन्न ब्यक्तिहरुलाई नृतत्व प्रदान गरिएको छ ।
यस ग्वलिचौर समाज कल्याण केन्द्र ग्वालिचौर ३ बाग्लुङले स्थानिय कला संस्कृतिको संरक्षण र संम्वर्धन, गरिब पिछडिएका वर्गको उत्थान जस्ता समाजसेवामुलक कार्यक्रम गर्दै आएको छ ।

Comments

comments

Comments are closed.