ग्वालीचौरका नेताहरु भन्छन, “खर्बाङ्का टाउकेहरुले सोझा जनताहरुलाई उचाले” खर्बाङ् भन्छ “प्राबिधिक टोलीको निर्णय थाहा छैन, हामीलाई खर्बाङ् केन्द्र चाहियो”

  •  
  •  
  •  
  •  
  •  

प्रकाश घिमिरे/अनिश शर्मा गैरे
वामी गुल्मी । गाँउपालीकाको केन्द्रको बिषयमा बाग्लुङ्को ग्वालीचौर र खर्बाङ् बिचमा ठुलो मत भिन्नता रहेको छ । एकले अर्कालाई समर्थन गर्न नसक्दा केन्द्र कहाँ हुने भन्ने बिषयमा ठुलै बिवाद सिर्जना भएको छ ।
दगातुम्डाडा, सिसाखानी, रिघा र पाण्डबखानीका स्थानीयहरु खर्बाङ् केन्द्र हुनुपर्दछ भन्दै आन्दोलन गरिरहेका छन । हिजो मात्र उनीहरुले दिउँसो १२ बजेदेखी २ बजेसम्म चक्काजाम गरे भने आज चार गाबिस बन्द गरिएको छ । उता ग्वालीचौर, जलजला, भिमगिठे, रनसिँह किटेनी र दर्लिङ् गाबिसका जनताहरु प्राबिधिक टोलीको निर्णय अनुसार जानुपर्ने बताएका छन ।
तर स्थानीय पुन संरचनाको बिषयमा प्राबिधिक टोलीले ग्वालीचौरको खौलारलाई केन्द्र तोकिसकेको छ र प्रतिबेदन बुझाइसकेको छ ।
यसै प्रसँगमा नेपाली काङ्ग्रेस ग्वालीचौर गाँउ कार्य समितिका सभापति अर्जुन खरेलललाई सम्पर्क गर्दा उनले प्राबिधिक टोलीले गरेको निर्णय प्रति निजी स्वार्थको लागि अबरोध सिर्जना गर्नु राम्रो नभएको बताए । उनले भने “प्राबिधिक टोलीको निर्णय बिरुद्ध निजी स्वार्थको लागि मुलुकको ब्यस्त मानिने सडक बन्द गर्नु अमानबिय क्रियाकालाप हो । ” उनले थपे “कुनै पनि हालतमा निर्णय उल्टिदैन, यदि यसो भयो भने प्रतिकारको रुपमा ५ गाबिसहरु सङ्घर्षमा उत्रने छन । ”
त्यसैगरी प्राबिधिक टोलीको निर्णय उल्टाउन खोज्नु खर्बाङ बासीको लागि दुर्भाग्यको कुरा भएको भिमगिठे गाबिसका शान्ति समितिका संयोजक कृष्ण भट्टराईले बताए । उनले भने “टोलीले बस्तुगत, प्राबिधिक, बैज्ञानिक तवरबाट, जनताको चाँप तथा सेवाग्राहीको सहजताको लागि भन्दै केन्द्रको लागि गरेको निर्णय उल्टाउन खोज्नु खर्बाङ् बासीको भुल हो, निर्णय उल्टियो भने हामी प्रतिकारमा उत्रिन्छौ ।”
खर्बाङ्का टाउकेहरुले जनतालाई उचाले
उता ग्वालीचौरका समाजसेबी नबिन कुवँरले खर्बाङ्का केही टाउकेहरुले सानो चिजमा लोभ देखाएर सोझा साझा जनतालाई उचालेको बताएका छन । यो आन्दोलनमा पाण्डबखानी, रिघा, सिसाखानी गाबिसका स्थानीयहरुको पनि पुरै साथ नभएको बताउँदै उनले यसरी सोझा साझा जनतालाई सास्ती दिनु अपराध भएको आरोप लगाए । साथै उनले यस बिषयमा सोझा जनताले बुझ्न आबश्यक भएको बताएका छन ।
यसैगरी नेकपा एमाले ग्वालीचौरका अध्यक्ष कमलराज आचार्यले फरक बिचार दिए । उनले भने “पहिला पनि खर्बाङ्का स्थानीयहरुले खर्बाङ् केन्द्र हुनुपर्छ भनी छाती पिड्दा पनि हामीले केही बोलेनौ तर अहिले प्राबिधिक टोलीले खौलारलाई केन्द्र मानी गरेको निर्णयलाइ प्रति षडयन्त्र भएमा हामीहरुले पनि सहन सक्दैनौ ।” “यदि यो निर्णय उल्टियो भने निर्णय उल्टाउने पक्षनै जिम्मेवार हुनुपर्ने छ हामी पाँच गाबिसहरु समर्थनमा हुने छैनो, अनि कडा बिरोधमा उत्रनै छौ । ” सरकारले नै खौलारलाई उपयुक्त भनी ठहर गरिसकेपछि निजी स्वार्थको लागि यस्तो आन्दोलन गरी जनतालाई सास्ती दिने कार्य बन्द गर्नुपर्ने बताए । साथै उनले बिहान बेलुकी खानको लागि काम गर्नुपर्ने जनतालाई सामान्य कुरामा लोभ्याएर सड्कमा उतार्नु कत्ति पनि ठिक नभएको उल्लेख गरे ।
प्राबिधिक समितिको कुरो थाहा भएन, हामीलाई खर्बाङ् केन्द्र चाहियो
उता आन्दोलनरत खर्बाङ्का बुद्धिजिवीलाई सम्पर्क गर्दा उनले प्राबिधिक समितिको निर्णय सँग आफ्नो कुनै मतलब नभएको आशय ब्यक्त गरेका छन ।
सङ्घर्ष समितिका संयोजक गोकुल गीरीले जसरी पनि खर्बाङ केन्द्र हुनुपर्ने बताएका छन । चार गाबिसको मात्र कुरा गर्दा अन्य गाबिसका जनताको लागि के त ? भन्ने प्रश्नमा उनले भने “ खर्बाङ केन्द्रमा आए आउन्, नआए नआउन, हामीलाई कुनै चासो भएन ।”
प्राबिधिक टोलीको निर्णय मान्ने कि नमान्ने भन्ने प्रश्नमा उनले केही पनि बोल्नै चाहेनन् ।
वास्तवमा भन्दा प्राबिधिक टोलीले केही दिन अघि मात्र ग्वालीचौरको खौलारलाई गाँउपालीकाको केन्द्र हुने ठहर गर्दैै प्रतिबेदन पेश गरेको थियो । बढिगाड गाँउपालीको नाम हुने र त्यसमा सहभागी हुने गाबिसहरुमा दगातुम्डाडा, ग्वालीचौर, सिसाखानी, जलजला, भिमगिठे, दर्लिङ्, रनसिँह किटेनी हुने भनेको थियो ।
प्राबिधिक टोलीले नै गरेको यस्तो निर्णयको लागि सबै गाबिसहरु एक भइ अगाडी बढ्न राम्रो हुनेछ । सम्बन्धित पक्षको ध्यान जाओस । दिगो र दिर्घकालीन रुपमा हुने फाइदा प्रति सबैको ध्यान जानु आबश्यक छ ।

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *