ग्रामिण इलाकामा यातायात सञ्चालन

  •  
  •  
  •  
  •  
  •  

कौरव खत्री
गुल्मी, ३ मंसिर । गुल्मीको सदरमुकाम तम्घासदेखि मध्यपहाडी लोकमार्ग अन्र्तगत बाग्लुङ्गको खर्बाङ्गसम्मका लागि नियमित यातायात सञ्चालन भएपछि स्थानीयहरु हर्षीत भएका छन् ।

सदरमुकाम तम्घासबाट बडागाँउ हुदै मुसिकोटको रातचौर, अमिले, ढाव हँुदै बाग्लुङ्गको खर्बाङ्गसम्मको करिव ३९ किलोमिटर रहेको मोटरवाटोमा पहिलो पटक दैनिक एउटा यातायात सञ्चालनमा आएको छ ।

गुल्मी यातायात व्यवसायी संघले उक्क्त स्थानको मोटरबाटोकोे अनुगमन तथा निरिक्षण गरे पश्चात गुल्मी यातायात व्यवसायी संघले दैनिक रुपमा एउटा जीप सञ्चालन गरेको कार्यालयका प्रमुख डोल बहादुर कुँवरले जानकारी दिनुभयो ।

साथै ग्रामिण इलाकाको कच्चि बाटोमा नियमित जीप सञ्चालन भएपछि गुल्मी तथा बाग्लुङ्गका झण्डै एक दर्जन भन्दा बढि गाविसबासीहरुलाई आ–आफ्ना गन्तव्यसम्म यात्रा गर्न सहयोग पु¥याएको छ ।
gulmi-news

Comments

comments

Comments are closed.