निर्वाचन अप्डेट

गोकर्ण बिष्ट भर्सेस चन्द्र केसी, यस्तो छ गुल्मी २ मा अङ्क गणितको लेखाजोखा

एमालेसँग पटक पटक हारेका केसी, जनताको मन पटक पटक जितेका बिष्ट

युव मगर
गुल्मी । मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिएसँगै गुल्मीमा चुनावी माहोल बेस्सरी तातेको छ । सत्तारुढ नेपाली काँग्रेस, वाम गठबन्धन र साना दल यतिबेला जनमत आफ्नो पक्षमा पार्न चुनावी आमसभा, घरदैलो कार्यक्रम र प्रचार प्रसार समिति गठनजस्ता कार्यक्रम तिब्र रुपमा गरिरहेका छन् ।
Gokarna-Vs-Chandra-
असारमा लगाएको अन्न बाली थन्काउने चटारो एकातिर कृषकलाई परेको छ भने उम्मेदवार पनि खेतबारीमै गएर आफ्नो पार्टीलाई मत मागिरहेको देखिन्छ । मतदाताहरु पनि हाम्रालाई भन्दा राम्रा, विकासप्रेमी, स्वच्छ छबि भएका र सधँै जनताको सुखदुःखमा साथ दिने उम्मेदवार मत दिने मनस्थितिमा देखिन्छन् ।

यतिखेर गाउँ तथा नगरका टोल, चौतारा, होटल र भेटघाटमा चुनावकै प्रसंग हुने गरेको पाइन्छ । प्रतिनिधि सभाका २ र प्रदेशसभाका ४ निर्वाचन क्षेत्र भएको जिल्लामा सबै राजनीतिक दलका उम्मेदवार आ–आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो कार्यक्रम गर्दै हिँडेका छन् ।

राष्ट्रिय राजनीतिमै प्रभाशाली नेताहरुको चुनाबी लडाईँले गुल्मीको चुनाब सर्वत्र चासोको बिषय बनेको छ । एक नम्बर क्षेत्रमा नेकपा एमाले र माओवादी केन्द्रको तर्फबाट एमाले सचिव प्रदिप ज्ञवाली र नेपाली कांग्रेसबाट चन्द्र भण्डारी चुनाबी मैदानमा छन् । क्षेत्र नं २ मा एमाले सचिव पूर्वउर्जा मन्त्री गोकर्ण विष्ट र कांग्रेसका चन्द्रबहादुर केसीबीच प्रतिस्पर्धा हुदैछ ।

बाम गठबन्धनबाट उम्मेदवार बनेका बिष्ट गत दोस्रो संविधानसभा निर्वाचनमा विष्ट फराकिलो अन्तरले विजयी भएका थिए । २०६४ सालको पहिलो संविधानसभा चुनाबमा माओवादी उम्मेदवारसँग पराजित भएका उनलाई अहिले माओवादीको पनि साथ छ । हालै सम्पन्न स्थानीय चुनाब र दोस्रो संविधानसभाको अङ्क गणितलाई आधार मान्ने हो भने बिष्टका प्रतिद्वन्द्वी केसी कमजोर प्रतिस्पर्धी हुन् । यद्यपी नेपाली कांग्रेसका उम्मेदवार केसी आफू पुरानो नेता भएकाले आफूले जित्ने दाबी गर्छन् । उनी नेपाली कांग्रेस गुल्मीका पूर्वसभापति हुन् । नेता केसी जिविसका पूर्वसभापति पनि हुन् । तर नेता केशी एमालेसँग पटक पटक हारेका नेता हुन् । पार्टीको आन्तरिक राजनीतिमा समेत अन्तर्घात गरेको बेलाबखत पार्टीपङ्तीभित्रै आरोप खेप्दै आएका केशी २०५६ सालको आम निर्वाचनमा एमालेका अर्का उम्मेदवार प्रदिप ज्ञवालीसँग तत्कालीन गुल्मी क्षेत्र नम्बर २ बाट ६ सय ५० मतले पराजित भएका थिए ।

नयाँ संघीय संरचना अनुसार यो निर्वाचन क्षेत्रमा मालिका, मदाने, धुर्कोट र इस्मा गाउँपालिकाका साथै मुसीकोट नगरपालिका र रेसुंगा नगरपालिकाका वडा नं. १ देखि ६ पर्छन् । गत स्थानीय निर्वाचनमा रेसुंगा नगरपालिकाका ६ मध्ये कांग्रेसले चार र एमालेले दुईवटा वडामा जितेका थिए । अन्य पाँचवटा तहमध्ये एमालेले चार र माओवादीले एउटामा जित हासिल गरेका थिए । सो निर्वाचनमा एमालेले करिब २७ हजार चार सय र माओवादीले करिब आठ हजार नौ सय मत पाएका थिए । कांग्रेसले भने करिब १८ हजार चार सय मत पाएको थियो ।

सिंहदरबारको बिजुली काट्ने बिष्ट, युवाका रोल मोडल

छोटो समयमै राष्ट्रिय राजनीतिमा प्रभाब बनाउन सफल एमाले नेता बिष्ट स्थानीय तह देखि राष्ट्रिय स्तरमै लोकप्रिय नेता हुन् । स्वच्छ छबि र स्पष्ट बक्ता रुपमा परिचित नेता बिष्टको कार्यकर्ता लेवलमा समेत ब्यापक क्रेज छ । हालैसम्पन्न स्थानीय चुनाब र दोस्रो संविधानसभा चुनाबको समीकरण अनुसार यसपटक पनि बिष्टले अत्यधिक मतले बिजय हासिल गर्ने धेरैको आंकलन छ । पछिल्लो समय राजनीतिमा आश्थावान युवाहरुको रोल मोडलका रुपमा स्थापित हुँदै गएका नेता बिष्ट उर्जामन्त्री भएको समयमा गरेका जनपक्षीय कामका कारण प्रिय छन् ।

सिंहदरबारको बिजुली काट्ने बिष्टले बिद्युत महशुल नतिर्ने सरकारी कार्यलयको बिजुली काट्ने देखि पदबाट राजिनामा दिएकै दिन सरकारी सुबिधा त्यागेका थिए । जसका कारण उनको राजनीतिक हाइट उच्च छ । बिष्टले नै देखाएको र शुरु गरेको मार्गदर्शनका कारण आज मुलूकले उर्जाक्षेत्रमा केहीहद सम्म प्रगति गर्नसफल भएको छ । पछिल्लो समयमा बनेका उर्जामन्त्रीहरुले समेत बिष्टका बिधि फलो गर्ने गरेका छन् ।

Show More
Close

Adblock Detected

कृपया हजुरको ब्राउजरमा बिज्ञापन रोक्ने एप्लिकेशन डिसेबल गरेर हाम्रा समाचारहरु हेर्न सक्नुहुनेछ ।