गृहमन्त्रीज्यु, नेपाल–भारतलाई मिलाउनुस् : कान्छी दिदी

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, पौष ५ । ५ नम्वर प्रदेशका तराईका जिल्लाबाट पाहडी जिल्ला टुक्राउन पाईदैन भन्दै सुरु गरिएको यतिका दिन सम्म पनि मौन रहेकी गुल्मी क्षेत्र नम्वर १ की सांसद तथा वाणिज्य राज्य मन्त्री सुवर्ण ज्यारचन (कान्छी दिदी ) ले आज भने मुख खोलेकि छिन् ।
गृहमन्त्री सहितको टोलीसंग गुल्मीका कांग्रेस नेता चन्द्र केसीको पितृ शोकमा समावेदना प्रकट गर्न आएकी राज्यमन्त्री कान्छी दिदीले ५ नम्वर प्रदेशबाट पाहडी जिल्ला नछुटाउने वलियो हात गृहमन्त्री विमलेन्द्र निधी कै भएको ठोकुवा गरिन् ।
भनिन्– ‘गृहमन्त्री ज्यु, यस प्रदेशलाई टुक्राउन हुँदैन र नटुक्राउनमा मुख्य हात तपाईको छ, के कसरी हुन्छ यता नेपाल र उता भारत दुवैलाई मिलाएर लैजानुस् ।’
उनको उक्त अभिव्यक्तिले केहिवेर हाँसो उठ्यो शोक व्यक्त गर्नु पर्ने स्थानमा । प्रधानमन्त्री प्रचण्डले पेलेरै लैजान्छु भन्ने अभिव्यक्तिलाई उनले व्याङ्ग गदै भनिन्–‘ के मा पेल्ने ? तोरी पेल्ने कोलमा कि वा अरु केहिमा ?’ आफुहरुलाई मन्त्रीहरुले सरकारको कुर्चिमा लगेको र सरकारकै विरुद्ध वोल्न नमिल्ने भएकोले हाल सम्म मौन वस्न परेको बाध्यता उनले सुनाईन् ।

Comments

comments

Comments are closed.