गुल्म स्थापनाको चार बर्षमा भवन निर्माण शिलान्यास

  •  
  •  
  •  
  •  
  •  

अनिल खत्री
गुल्मी, २४ वैशाख । सशस्त्र प्रहरी बल नेपाल गुल्म, गुल्मी स्थापना भएको चार बर्ष पश्चात कार्यालय भवन बनाउने कार्य शुरु भएको छ ।

सशस्त्र प्रहरी बल गुल्म उर्लेनीको हाताभित्र निर्माण हुन लागेको भवनहरुको आज आन्तरिक रुपमा आयोजना गरिएको एक कार्यक्रमका बिच शिलान्यास भएको छ । पश्चिम क्षेत्रिय सशस्त्र प्रहरी बल नेपाल मुख्यालय मुक्तिनाथ बाहिनी पोखराका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक सुबोध कुमार अधिकारीले एक समारोह बिच शिलान्यास गरेका हुन ।
APF-GULMI
कुल लागत तीन करोड ५८ लाख रहेको गुल्म परिसर भित्र ६ वटा भवनहरु निर्माण हुने छन जसमा ब्यारेक, कार्यालय भवन, गुल्मपति निवास तथा मेश भवन रहेको शसस्त्र प्रहरी वल गुल्म गुल्मीले जनाएको छ । आशिषरसुनिल समिर जे.भि. भरतपुर १० चितवनले निर्माण कार्यको जिम्मा पाएको र स्थिती प्रतिकुल नभएमा तोकिएको समयमा निर्माण सम्पन्न हुने निर्माण व्यवसायी नारायण पोख्रेलले जानकारी दिए ।

निर्माण कार्यको शिलान्यास पश्चात बाहिनीपति सुबोध कुमार अधिकारीले गुल्ममा कार्यरत राष्ट्रसेवकहरुलाई संम्बोधन गर्दै आसन्न स्थानिय तहको निर्वाचनमा दत्तचित्त भएर लागि भयरहित तथा शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न मानव अधिकारको सदैव सम्मान गर्दै ईमान्दारीता, जिम्मेवारीता र कर्तव्यनिष्ठताका साथ लाग्न निर्देशन दिएका छन् ।

सोही अवसरमा सशस्त्र प्रहरी बल नेपाल गुल्म, गुल्मीका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक दिग विजय सुवेदीले निर्माण सम्बन्धी, गुल्मको बिबिध समस्या तथा निर्वाचन सुरक्षाको लागि गुल्मको तयारीको बारेमा बाहिनिपति अधिकारीलाई जानकारी समेत गराएका थिए । गुल्ममा भवन निर्माण पश्चात समग्र सुरक्षा परिचालनमा सहज भइ काममा चुस्तता आउने भएकोले प्रत्यक्ष्य रुपमा जनतालाई राहत हुने विश्वाश लिएको गुल्मपती सुबेदिले बताए ।

Comments

comments

Comments are closed.