गुल्मेली र बाग्लुङ्गेहरुले चलाए एम्वुलेन्स खरिद अभियान

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, भाद्र–१७ । २५ बर्ष कै उमेरमा छोरो गुमाएर बसेकी गुल्मीको नेटाकी ईन्द्रकला ख्रेरेलको आँसु अझै रोकिएका छैनन । केही बर्ष अघि पिकनिकबाट घर फर्कने क्रममा उहाँको छोरा मनोजको लडेर ज्यान गएको थियो ।

यो त एक सानो उदाहरण मात्र हो । गुल्मीको पौदी अमराई, नेटा,दर्लिङ्ग र ह्वान्दी तथा छिमेकी जिल्ला बगलुङ्गको ग्वालिचौरमा यस्ता घटना हरेक दिन जसो घट्ने गरेका छन् । यो क्षेत्रमा कैयौ सुत्केरी हुने महिला बच्चा जन्माउन अस्पत्ताल पुग्दैनन । घरमा नै सुत्केरी बनाउन खोज्दा समस्या सृजना हुन्छ । छोरो गुमाएकी आमा र आमा गुमाएका बच्चाहरुको आखामा बगेको आँसु देख्न नसकेर त्यस भेगका जनताले एम्वुलेन्स सञ्चालन अभियान सुरु गरेका छन् ।

त्यहाँका जनताले निस्ती बडिगाढ सामुदायिक विकास केन्द्र गुल्मी नामक संस्था गठन गरी एम्वुलेन्स सञ्चालन अभियान सुरु गरेका हुन्।
उक्त अभियान सुरु गरेको २ हप्ता भित्रमैं देसहरुमा गरि करिव २ लाख संकलन भएको छ। एम्बुलेन्स अभियानको लागि गठन गरिएको टिम आफ्नो कार्य सम्पादन गर्न प्रतिबद्ध छ। कतारमा बुद्ध पान्डेय, युएईमा चिरन केसि, कोरियामा किशोर पौडेल र राजन केसि (डम्मर) , जापानमा टीका गिरि र राजन केसि, मलेसियामा देवेन्द्र थापा, रसियामा रेसम कुवर र अष्ट्रेलियामा प्रकास अर्यालको नेतृत्वमा सहयोग संकलन थालिएको छ। यसै गरि असिम थापाको नेतृत्वमा बुटवल आसपासको क्षेत्रमा सहयोग संकलन गर्ने कार्य जारी छ।
यो पवित्र मानव सेवामा जुट्नु हुने सवै प्रती हामी आभारी छौ। पश्चिमको कन्चन्पुर देखि पुर्वको झापा र सुनसरी सम्मका साथिहरुले यो अभियानलाई साथ दिनु भएको छ। उहाहरुको सहयोगको लागि हामी आभारी छौ। देस विदेसमा रहनु भएका सम्पुर्ण नेपाली दाजुभाई दिदिबहिनीहरुलाई यो अभियानमा सक्दो सहयोग गर्न हामी विनम्र अनुरोध गर्दछौ।

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *