गुल्मेली बन्द उल्टियो: बिहान बन्द दिउँसो खुल्ला

  •  
  •  
  •  
  •  
  •  

टोपलाल अर्याल
गुल्मी, पुस ०३ । १९ दिन सम्म बन्द रहँदै आएको गुल्मी जिल्ला २० औ दिनमा पुगेर रोकिने भएको छ । आइतबार साँझ उद्योग बाणिज्य संघमा भएको आन्दोलन परिचालन कमिटीको बैठककले सोमबार र मंगलबार बिहान ११ बजे सम्म बन्द गर्ने निर्णय गरेको छ ।

बिहान ११ बजेबाट सम्पुर्ण क्षेत्र सहजरुपमा संचालन हुने परिचालन कमिटीले जनाएको छ । धेरै लामो बन्दले जिल्लाको जनजीवन अत्यन्तै कष्टकर भएकाले दुई दिनको लागि बन्द खकुलो बनाइएको आन्दोलन परिचालन कमिटीका संयोजक भुवन प्रसाद श्रेष्टले बताउनुभयो । उहाँले दुई दिन मात्र बन्द केहि खुकुलो भएपनि सधैको लागि फिर्ता र आन्दोलन नै स्थगित भने नभएको बताउनुभयो । श्रेष्टले ४ गतेको संसद बैठक, ५ गतेको सर्वोच्चको आदेश र परिस्थती अनुसार आन्दोलन अगाडी बढाउने निर्णय भएको बताउनुभयो ।
छलफलमा उपस्थिीत अधिकांशले प्रचण्ड र अरु केहि नेताले संसोधन प्रस्ताव पारित गरेरै छोडने बताइरहेका बेला बन्द र आन्दोलन अझ सशक्त बनाउनुपर्ने बताएका थिए । संसोधन प्ररस्तावको बिरुद्धको आन्दोलनमा घाइते भएका व्यक्तिहरुलाई बिस्तारा र अस्पतालमा लडाएर आन्दोलन खुस्काउनु आफूहरुको भावना विपरित भएको बिद्यार्थी नेता शोभाखर गिरीले बताउनुभयो । गुल्मीमा आन्दोलन गरिरहेका आन्दोलनकारीले आमहडतालको तेस्रो दिन पनि जिल्ला प्रसासन सहित सदरमुकामका दुई दर्जन सरकारी कार्यालयमा ताला लगाएका छन् । जसले गर्दा अत्यावश्यक सरकारी कामका लागि सदरमुकाम आउने सेवाग्राहिहरुले सास्ती भोग्नु परेको छ ।
बिहानै लाँकुरीमञ्चमा भेला भएका आन्दोलनकारीले जिल्ला प्रसासन कार्यालयमा ताला लगाएर दिनभर प्रजिअ कृष्ण प्रसाद ढुंगाना सहितका कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाए । जिल्ला अस्पताल, अदालत र जिल्ला आर्युवेद कार्यालय बाहेक सेवाग्राहिको बढि काम र चाप हुने जिल्ला विकास समिति, जिल्ला शिक्षा कार्यालय, जिल्ला मालपोत लगायतका कार्यालयमा तीन दिन देखि ताला लगाएको आन्दोलन परिचालन कमिटीले जनाएको छ । जसले गर्दा सरकारी कर्मचारी दिनभर घाम तापेर कार्यालय समय कटाए भने सेवाग्राहि रित्तो हात फर्किएका थिए । साथै मंसिर १४ गतेबाट जारी जिल्ला बन्दले दैनिक जनजीवन निकै कष्टपुर्ण बन्दै गइरहेको छ ।
बिरोध र प्रर्दशनका कार्यक्रम पनि भैरहेका छन् । १९ औ दिन आज पनि जिल्ला प्रसासन कार्यालय अगाडी बिरोध सभा सम्पन्न भएको छ । बिरोध सभालाई संबोधन गर्दै नेकपा मालेकी सांसद कमला विकले जिल्लाका सवै कार्यालय ठप्प हुँदा, घाइते हुँदा र १९ दिन मान्छेको दैनिकी कष्टकर हुँदा पनि सरकारले अझै पनि संसोधन प्रस्ताव पारित गर्ने पक्षमा रहनु दुखद पक्ष भएको बताउनुभयो । उहाँले आन्दोलनमा घाइते सवैको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरुको उपचारमा ध्यान दिन प्रसासनलाई आग्रह गर्नुभयो । मंसिर १ गते जिल्ला प्रसासन कार्यालयमा लगाएको ताला खुलाउने क्रममा प्रहरी र प्रर्दशनकारी बिच झडप हुन्दा प्रहरी र आन्दोलनकारी गरी २५ जना घाइते भएका थिए ।
आन्दोलनमा घाइते भएका तरुणदल रेसुंगा नगर समिति सभापति कृष्ण पाण्डेको अवस्था चिन्ताजनक रहेको छ । उहाँको पाल्पाको लुम्बिनी मेडिकल कलेजमा उपचार सम्भव नभएपछि आज काठमाण्डौ लगिएको आन्दोलन परिचालन कमिटीका सदस्य मधुकृष्ण पन्तले बताउनुभयो ।

Comments

comments

Comments are closed.