गुल्मी सहित ३७ जिल्ला मानव बेचबिखनको उच्च जोखिममा

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २७ कात्तिक । गुल्मी सहित ३७ जिल्ला मानव बेचबिखनको उच्च जोखिममा रहेको एक प्रतिबेदनले सार्वजनिक गरेको छ । विभिन्न राष्ट्रिय दैनिकमा आएका समाचारको अनुसन्धानपश्चात् अनुसन्धानकर्ता प्रवेश पोखरेलको संयोजकत्वमा तयार गरिएको प्रतिवेदनका अनुसार मानव बेचबिखनको उच्च जोखिममा गुल्मी, सिन्धुपाल्चोक, कपिलवस्तु, अर्घाखाँची, मकवानपुर, प्युठानसहित ३७ जिल्ला रहेका छन् । महिला तथा बालबालिका बेचबिखनविरुद्ध सहकर्मी समूह(एटविन) नेपालले २०७२ सालभित्र ३ सय ७६ मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी समाचार प्रकाशन भएको जनाएको छ ।

गुल्मी जिल्लाको हरेक स्थानिय तहको चुनावी अप्डेट छिन-छिनमा पाउनको लागि गुल्मीन्युजको पेज लाईक गर्नुहोला ।
(यदी पहिले नै लाइक गर्नु भएको छैन भने मात्र)

गत १ वैशाखदेखि सोही वर्षको चैत मसान्तसम्म विभिन्न राष्ट्रिय दैनिकमा प्रकाशित समाचारका अध्ययनका आधारमा सो तथ्य बाहिर आएको हो । राजधानी, कान्तिपुर, काठमाडौं पोष्ट, द हिमालयन टाइम्स, समाचारपत्र, नागरिक

र गोरखापत्रमा वर्ष दिनमा प्रकाशित मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी समाचारको समीक्षा गरी तयार पारिएको सो प्रतिवेदनमा यस्तो तथ्य सार्वजनिक गरिएको हो । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय मानव बेचबिखन शाखाका अधिकृत सानुनानी अधिकारीले मानव बेचबिखन तथा ओसारपसारमा परेका पीडितलाई उद्धार एवं बेचबिखनबाट बचाउन सरकार लागि परेको बताइन् ।

पत्रकार रूपा शर्माले मानव बेचबिखनसम्बन्धी कार्य संगठित अपराधीले सञ्चालन गरेको बताउँदै त्यस्ता समाचार संकलन गर्दा पत्रकारलाई विभिन्न धम्की आउने गरेको अनुभव सुनाइन् ।

महिला हिंसाका क्षेत्रमा क्रियाशील विश्वास नेपाल नामक सामाजिक संस्थाका अध्यक्ष तारा भण्डारीले मानव बेचबिखन तथा ओसारपसारका कार्य गम्भीर प्रकृतिको अपराध भएको र त्यस्ता अपराधीलाई कडा कारबाहीको माग गर्दै समाजमा पीडित पक्षले प्रतिष्ठाका लागि उजुरी गर्न डराउने हुँदा के कति खतरामा छन् भनेर तथ्यांक संकलन गर्न कठिन रहेको बताइन् ।

Comments

comments

Comments are closed.