गुल्मी यातायात व्यावसायी संघले रिडीमा बनायो आफ्नै भवन

  •  
  •  
  •  
  •  
  •  

रुरु नेटवर्क
रिडि, फाल्गुन ११। रिडिमा गुल्मी यातायात व्यावसायि संघको भवनको आज एक कार्यक्रमका बिच उदघाटन गरिएको छ ।

संघको १४ औं वार्षिकोत्सबको अबसर पारेर गरिएको कार्यक्रमको गुल्मी जिप ब्यबसायी संघका संस्थापक अध्यक्ष नवराज शर्माले रिबन काटेर उद्घाटन गर्नुभएको हो ।
gulmi yatayat news
गुल्मिमा तम्घास पछि पहिलो पल्ट संघले रिडिमा आफ्नै भवन बनाएको हो । गुल्मी यातायात व्यावसायी संघका अध्यक्ष झक बहादुर मिदुनको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी नवराज शर्मा, बिशिस्ट अतिथिमा बिष्णु बहादुर खत्री, विशेष अतिथिमा रुपक लाल श्रेष्ठ र प्रहरी निरीक्षक केशव राज भट्टराई रहनु भएको थियो । कार्यक्रम संघका महासचिवमा गुणराज कुँवरले संचालन गर्नुभएको थियो।

Comments

comments

Comments are closed.