भिडियो

गुल्मी भँगारीको पहिरो: भिडियो खिचिरहँदा माथिबाट पहिरो खसेपछी पत्रकारहरुको यस्तो भागाभाग (भिडियो)

सुख्खा पहिरोले अवरुद्ध बनेको गुल्मीको तम्घास–रिडी सडक केही दिनदेखि खुल्न सकेको छैन । शुक्रबार एकतर्फी सडक खुलेको तीन घण्टामै पुनः बन्द भएपछि यात्रुहरु मर्कामा परेका छन् । पहिरो झर्ने क्रम जारी रहेकाले जोखिम बढेको भन्दै अहिले सडक खुलाउने काम पनि रोकिएको छ ।

बाटो बन्द भएपछि दशैं मनाउन आवत जावत गर्ने यात्रुहरु बढी मर्कामा परेका छन् । रेसुंगा नगरपालिका १३ भंगारीमा बुधबार साँझदेखि निरन्तर ठूलो पहिरो झरिरहेको छ । पहिरोको भिडियो खिचिरहेको बेलामा माथिबाट पहिरो झरेपछी पत्रकारहरु भागाभाग हुँदाको यो भिडियो हेरौँ:

Show More
Close

Adblock Detected

कृपया हजुरको ब्राउजरमा बिज्ञापन रोक्ने एप्लिकेशन डिसेबल गरेर हाम्रा समाचारहरु हेर्न सक्नुहुनेछ ।